२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

“गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला” निर्माणको लागी क्याट युकेले सहयोग जुटाउने

1648 Shares
Spread the love

लन्डन । चितवनवासीहरूको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) युके को आज प्लमस्टिड स्थित चौतारी रेष्टुरेण्ट मा बसेको कार्यसमिति को बैठकले ८औं अधिवेशन ७ जुलाई आईतबार २०१९ मा साउथ ईस्ट लण्डन मा गर्नै निर्णय भयो।उक्त अधिवेशन गर्न संस्था का उपाध्यक्ष जिवन सेन संयोजक को जिम्मा दिईएको छ। समर बिबिक्यू (BBQ) को साथ साथै बिबिध साँस्कृतिक कार्यक्रमको साथ अधिवेशन गर्न लागिएको संस्था का अध्यक्ष देवेन्द्र श्रेष्ठलले बताए ।

उक्त कार्यक्रमबाट नयाँ कार्यसमितिको चयन हुने छ। निर्वाचन कमिटी को प्रमुखमा पूर्व अध्यक्ष राजेन्द्र खरेल लाई जिम्मा दिईएको छ । उनले आवश्यकता अनुसार कमिटी बिस्तार गर्ने बताए ।

Nepal Journey Organisation ले चितवन को भ म न पा ४ मा स्थापना गर्न लागेको Disabled Accessibile Public Library मा क्याट युके संयोग गर्नै र त्यसको संयोजक संस्थाका उपाध्यक्ष यादव श्रेष्ठलाई तोकिएको छ।

धुर्मुस सुन्तली फ़ाउण्डेशन ले बनाउन लागेको नेपाल कै गौरव “गौतम बुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला “ निर्माण को लागी ब्यापक सहयोग जुटाउन र बिभिन्न अरू संग संस्था छफफल गर्न चितवन एड ट्रस्ट (क्याट) युकेको उपाध्यक्ष जिवन सेनको संयोजकमा एउटा कमिटी गठन गरिएको छ जसमा सदस्यहरुमा केदार थपलिया , रघु दाहाल रहेका छन् ।

बैठकले यहि में१२ २०१९ मा ट्राफलगर स्क्यारमा बु्द्ध फ़ाउण्डेशन युकेले गर्न लागेको बुद्ध जयन्ती कार्यक्रम सबैले आफ्नो स्थान बाट सहयोग गर्ने पनि निर्णय भयो।

बैठक मा संस्थापक अध्यक्ष कपिल श्रेष्ठ , पूर्व अध्यक्ष राजेन्द्र खरेल सल्लाहकार हरू टिका पौडेल , कमल पौडेल , शान्ता बिनोद लामिछाने , केदार थपलीया , रितेश पाण्डे को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया