लस एन्जल्स– नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्ग अहिले अमेरिका भ्रमणमा छन । विश्व बैकको निम्तोमा नेपाली उर्जा क्षेत्रमा भएको ‘चमत्कारिक’ परिवर्तनका बारेमा प्रचवन दिन उनी अमेरिका आएका हुन ।

यसै सिलसिलामा मार्च १०, २०१९ मा सान फ्रान्सिस्कोमा तामाङ सोसाइटी अफ क्यालिफोर्नियाको संयोजनमा यस क्षेत्रका दर्जन भन्दा धेरै संघ-संस्थाहरुको संयुक्त आयोजनामा घिसिङलाइ नागरिक अभिनन्दन गरियो। घिसिङको साथमा उनकी धर्मपत्नी समेत थिइन्।

सयौं नेपालीहरुको भिडमा नेपाल बिधुत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले अभिनन्दनलाइ स्वीकार्दै आफ्ना भनाइहरु समेत राखे। कार्यक्रममा उनले बिभिन्न ठाँउहरुबाट अमेरीकामा आफ्नो नेपालीपन र नेपालीहरुको बीचमा सम्मानित भएकोमा खुःसी ब्यक्त गरेका छन् । बिश्व बैंक र डेभलोपमेन्ट पार्टनर लगायत जति पनि ऋण सहयोग गर्ने सङ्घसंस्था र उर्जाको क्षेत्रमा पनि नेपाल एउटा नमुना भएको बताएका छन् । नेपालको उर्जा क्षेत्रको सुधार गर्ने क्रममा अघिल्लो बर्ष पनि अमेरीकामा बोलाएको बताउदै नेपालीहरुलाई भेट्ने मौका पाएकोमा धन्यबाद ब्यक्त गरे ।
उनले संसारभरिका नेपालीहरुले माया, साथ र सहयोगले यती ठुलो उपलब्धि भएको बताए । उनले त्यती ठुलो काम गर्दा धेरै ब्यक्तीले सहयोग गरेकोले आफुले मात्र यती ठुलो कार्य गरेको भन्नु अन्याय हुने बताए । उनले बिजुली ब्यवस्थापन गर्न सहयोग गरिदिने मन्त्री, प्रधानमन्त्री तथा सरकार लगायत सबैलाई धन्यबाद ब्यक्त गर्दै यस क्षेत्रमा सहयोग र सहकार्य नभई बिजुली ब्यवस्थापन हुन असम्भव रहेको बताए ।

घिसिङले सबैको ‘टिम वर्क’कै कारण बिजुली ब्यवस्थापन गर्न सहयोग भएको बताए । उनले एउटा नेतृत्वले गरेको कार्यान्वयनको पक्षमा आम नेपाली जनताको सहयोग भएकोले सम्पूर्णलाई के्रडिट दिन चाहेको बताए । नेपाली जनताको हौसलाको कारणले नै आज यो अवस्थामा आईपुगेको उनले बताए ।
कार्यक्रममा कुलमानले आफ्नो बिगतका दिनलाई कोट्याउदै भने “म बिद्युत प्रधिकरणमा आँउदा माथिल्लो स्तरका ४ कर्मचारीले सर्वोच्चमा ‘स्टे अर्डर’को मुद्दा दायर गराएका थिए । सर्बोच्चले मुद्दाको फैसला सुनाउन २ महिना लगाएको थियो । बिचमा देशमा बिभिन्न प्रकारका उथल–पुथल भएको थियो । पछिका दिनहरुमा मात्र जनताको साथ र सहयोग पाएको थिएँ ।”
उनले अन्त्यमा नेपालको समृद्धिको लागि आफुबाट नै केही गर्नुपर्ने बताए । लोडसेडिङ अन्त्यका लागि नयाँ पुस्ताहरुलाई नयाँ परियोजना दिन प्रोत्साहन गर्नुपर्ने बताउदै विद्युतिय सवारीसाधन लगायतका बिभिन्न प्रकारका विद्युतिय उपकरणहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा सभापतिका रुपमा प्रेम लामा रहेका थिए । प्रमुख अथितिमा नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, बरिष्ठ सङ्गितकार श्रीमदन दिब्य रहेका थिए । नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्निया का अदज्य रबिन्द्र राईले स्वागत भाषण गरेका थिए ।

यसैगरी अथितिमा शेर्पा एसोसियसनका अध्यक्ष लक्पा डेन्डी शेर्पा, अन्तरराष्ट्रिय तामाङ परिषद्का बरिष्ठ पुर्वउपाध्यक्ष कुमार दोङ, उत्तर अमेरीका समाजका बरिष्ठ उपाध्यक्ष शेर बहादुर लामा, तामाङ बहुद्देश्यीय समाजका संस्थापक तथा अध्यक्ष श्री रतु लामा लगायतका ब्यक्तीत्वहरुको उपस्थीती रहेको थियो ।