1814
Shares
काठमाडौं-नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले न्युयोर्कमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन ।
अमेरिकाको भ्रमणमा रहेका घिसिङसँग तामाङ सोसाईटी अफ न्युयोर्कले भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको तय गरेको हो । सोसाईटीले आज (शुक्रवार) मार्च ८ मा साझ ४ देखी ७ बजे सम्म ,न्युयोर्कमा रहेको बाजेको सेकुवा ४३-१६ कुयिन्स विलभीडी सल्नी साइट एन वाइ १११०४ को सभाहलमा कार्यक्रम तय गरेको हो । सोसाइटीले उक्त कार्यक्रममा उपस्थिति भई आफ्ना जिज्ञासा र सुझावकालागीे सम्पूर्ण न्युयोर्कमा रहेका नेपालीबासीलाई निमन्त्रणा समेत गरेको छ ।