नेपाली नारी समाज, पोर्चुगलको ९ मार्च २०१९ मा हुने दोस्रो अधिबेशनको आज साँझ ८ बजे मनोनयन कार्य सम्पन्न भएको छ ।अध्यक्ष लगायत धेरै पदाधिकारीहरुमा आबश्यक संख्याभन्दा बढी उम्मेदवारी परेको छ भने केही पदहरुमा तोकिएको संख्यामा जति मात्र उम्मेदवार परेको छ ।
अध्यक्षमा निर्मला ढकाल खराल (निरु) र जयकला राइको उम्मेदवारी परेको छ । उनीहरु दुवै यसभन्दा अघिको कार्यसमितिमा उपाध्यक्ष थिए । ३ उपाध्यक्ष पदकालागि ६ जनाको उम्मेदवारी परेको छ, जसमा मिनामाया खरेल, सरिता भट्टराई, निम्लमु शेर्पा, सीता श्रेष्ठ, विद्या आचार्य र लक्ष्मी पन्थी खरेल रहेका छन् ।
महासचिव १ पदकालागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा माया पौडेल, गिता डिसी र कल्पना कार्की रहेका छन् । सचिव दुई पदमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सरला तिमिल्सिना र हरिमाया गुरुङ घलेले मात्र सचिवमा मनोनयन दर्ता गरे । यसैगरी कोषाध्यक्ष एक पदकालागि एकजना शुशीला थापा र सह कोषाध्यक्ष एक पदमा एकजना देवी घर्तीमगरको मात्र उम्मेदवारी परेको छ ।
यसरी सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष निर्बिरोध बनेको छ । तर यसको औपचारिकता घोषणा भने अधिवेशनको दिनमा गरिने छ ।
यस्तै ६ जना सदस्यकालागि ८ जनाको उम्मेदवारी परेको छ जसमा सर्मिला ढुंगाना, संगिता थापामगर, सरिता काफ्ले, बिष्णु बस्नेत ९बिनु०, सजान पौडेल सुवेदी, डिल्लीकुमारी परियार, फुटी शेर्पा, इन्द्रकला नेपाली रहेका छन् ।