“भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान “ भन्ने मुल नारा का साथ रोजगारीको शिलशिलमा दोहा कतारमा कर्मथलो बनाई बसेका शेर्पाहरु द्धारा सन २०१७ मा स्थापना भएको शेर्पा किदुग दोहा कतारले बिगतका बर्षमा झैं यस बर्ष पनि आफ्नो मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले आयोजित स मो फक् लो २१४६ औं ग्याल्पो लोसार बृहत् सांस्कृतिक कार्यक्रम २०१९ लाई सफलता पार्नुको लागि आमन्त्रित राष्ट्रिय कलाकारहरुमा, ख्याति प्राप्त गायक गम्बु शेर्पा ,नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पा, गायक तथा मोडल लाक्पा शेर्पा अमोद ,The voice Nepal top 16 का ट्यालेन्टविवेक लामा, सहित ४ जना राष्ट्रिय कलाकार हरु, आज बिहान आइपुगेका हुन् । त्येसैगरी चर्चित गायिका निर्मला धिसिङ भने ०४ मार्च २०१९ मै उनि एक्लै आई पुगेकी थिईन । उहाँहरु लाई शेर्पा किदुग का अधक्ष्य लगायत अन्य प्रतिनिधिहरु र तामाङ समाजका सल्हाकार तथा प्रतिनिधि हरु लगायत अन्य कलाकार हरुको आफन्तजन, शुभचिन्तक स्रोता हरुले समेत भब्य रुपमा स्वागत् सत्कार गरेका थिए ।

अधक्ष्य, शेर्पाले रोजगारीको शिलशिलमा विभिन्न देशहरुमा शेर्पाहरु पलायन हुने क्रममा दोहा कतारमा पनि बिस्तारै शेर्पाहरु संख्या बढ्दै गएको हाल सम्म ३५० देखि ४०० जनाको हारहारीमा रहेको शेर्पाहरुले आफ्नो मौलिक पहिचानलाई बिदेशी भुमिमा रहेर पनि जोगाई राख्ने उदेश्यले कतारमा तेस्रो पटक शेर्पाहरुले भब्यताका साथ लोसार कार्यक्रम आयोजना गर्न लागि रहेको बताउनु भयो । उत्त कार्यक्रममा सम्पुर्ण कतारबासी शेर्पा तथा गैह्र शेर्पा आमा बुबा, दाजुभाई तथा दिदिबहिनीहरूलाई स मो फक् लो २१४६ औं ग्याल्पो लोसारको शुभकामना दिदै कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य र सब्यका साथ सफल पारिदिनु हुन शेर्पा किदुग दोहा कतार परिवार र किदुगका संस्थापक तथा बर्तमान अध्यक्ष आङ ङवाङ कुशाङ् शेर्पाले बताएका छन्र ।
कार्यक्रम हुने मिति:२०१९/३/८ शुक्रबार ,
समय:बिहान १० बजे
स्थान:अम्बाज क्याम्प 2 मिसाईड