२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

जापानमा एक नेपालीले गरे झुण्डिएर आत्माहत्या

2051 Shares
Spread the love

ओसाका, जापान । कामको सिलसिलामा जापान आएका एक नेपालीले जापानको ओसाकामा झुण्डिएर आत्माहत्या गरेका छन्।

जापानको ओसाकाको एक नेपाली रेष्टुरेण्टमा कार्यरत गुल्मीको वामी घर भएका सापकोटा थरका उनले मार्च २ तारिख अपरान्ह आत्महत्या गरेको नेपालीहरुले जनाएका छन्।

करिब ३६-३७ वर्षीय उनले शनिबार बिदाको दिन पारेर आफ्नै कोठाको बाथरुपमा झुण्डिएर आत्माहत्या गरेका हुन्। काम गर्ने रेष्टुरेण्ट सञ्चालककै कोठामासँगै बस्दै आएका उनलाई साँझ करिब ८ बजे मृत भेट्टिएको थियो।

भित्रबाट बन्द गरिएको कोठा ढकढकाउँदा नखोलेपछि प्रहरी बोलाएर खोलेर हेर्दा बाथरुममा झुण्डिएको अवस्थामा मृत भेटिएको मृतक सापकोटाका साथीहरुले बताए।

हाल मृतक सापकोटाको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको र नेपालमा रहेको परिवारसँग सम्पर्क गर्ने प्रयास भईनसकेको बताईएको छ।

प्रतिक्रिया