२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

पण्डितविरुद्ध ओलीसम्मै उजुरी पुग्यो

3306 Shares
Spread the love

काठमाडौं । पत्नीको नाममा लाखौं रकम रहेको सम्पत्ति विवरण बुझाएर विवादमा तानिएका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरूलाई भड्काएका छन् ।

सस्तो लोकप्रियताका लागि कर्मचारीहरूलाई अनावश्यक दुःख दिएको कर्मचारी नेताहरूले जनाएका छन् । उनीहरूले मन्त्री पण्डितले आफ्नो व्यवहारमा सुधार नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले तोकिएको स्थानमा नजाने कर्मचारीलाई कारबाही गर्ने भनेर धम्की दिएपछि कर्मचारीसँगको सम्बन्ध विग्रिएको हो ।

हुन त बेलाबेला राम्रो काम गरे पनि पण्डितका क्रियाकलापलाई कर्मचारीहरूले रुचाएका छैनन् । कर्मचारीहरूले मन्त्री पण्डितको हेपाहा प्रवृत्तिको कुरा प्रधानमन्त्री केपी ओलीसम्म पु-याएका छन् ।

ओलीले यसबारेमा विचार गरुला भनेर कर्मचारीहरूलाई थमथमाएको स्रोत बताउँछ । ओलीको आश्वासनपछि नेपाल कम्युनिस्ट पार्टी निकटका कर्मचारीहरू नरम भएका हुन् ।

मन्त्री पण्डितले असार महिनादेखि ‘ट्रेड युनियन काज’ बन्द गर्ने निर्णय गराएपछि नेकपा निकटका कर्मचारीहरू रिसाएका हुन् । कांग्रेस निकटका कर्मचारीहरूले पनि मन्त्रीको कार्यशैलीको विरोध गरिरहेका छन् ।

कार्यालय समयमा ट्रेड युनियनका कुनै गतिविधि गर्न नदिने एक कर्मचारीले बताए । उनले ट्रेड युनियनलाई व्यवस्थित गर्ने विषयमा छलफल गरिरहेको बताएका छन् । यसअघि ट्रेड युनियनको राजनीति गर्नेहरूले काज मिलाएर काम नगर्ने गरेको गुनासो आउने गरेको थियो ।

‘असार महिनादेखि कसैलाई पनि ट्रेड युनियन काज दिइएको छैन, व्यवस्थित गरेर लिएर जाने तयारीमा छौँ’, मन्त्री पण्डितले संसद बैठकमा भने, ‘कार्यालय समयमा ट्रेड युनियनका कुनै गतिबिधि गर्न नदिनेमा सचेत छौं ।’

प्रतिक्रिया