
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजन बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका युवा नेता थापाले भने जस्तै गरेर बजेट फेल भयो भने सरकारलाई गम्भीर नैतिक संकट पर्नेछ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै फेल गराउन आग्रह गरे ।
‘यो बजेटलाई पनि फेल गरिदिउँ’, थापाले भने, ‘यसलाई अगाडि नबढाउ । यो वर्ष कस्तो अयोजना छनोट गरिएको छ ? सम्पन्न गरेपछि मात्र तल बुझाउनु पर्नेछ ?’
थापाले प्रधानमन्त्री केपी ओली चित्रबहादुर केसीभन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाए ।
‘यो बजेट प्रदेश र स्थानीय निकायमा काम लाग्दैन । यो संसद संघीयताको विरोधी बजेट देखिएको छ । केन्द्र सरकारको षड्यन्त्रलाई स्थानीय र प्रदेश सरकारले बुझ्नेछ’, थापाले भने ।