२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

मन्त्री अधिकारीको निधनमा प्रवासी मंच युकेद्वारा दुख व्यक्त

2748 Shares
Spread the love

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएकोमा प्रवासी मंच युकेले दुख व्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीले एक शोक वक्तव्य जारी गर्दे विद्यार्थी जीवनदेखि निकै संघर्ष गरी अगाडी बढेका मन्त्री अधिकारीको निधनमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र मन्त्री अधिकारीको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले  मन्त्री अधिकारी  नेपालमा समाजबाद स्थापनाको आधार तयार गर्न अहोरात्र कृयाशिल एकजना नेता तथा समकालीन राजनीतीका लोकप्रिय ब्यक्तित्वलाई गुमाउनु पर्दा मुलुकलाई अपुरणिय क्षति भएको वक्तव्यमा उल्लेख गरेका छन् ।

वक्तव्य जस्ताको तस्तै :

हार्दिक श्रध्दान्जली

ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका – १० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य रवीन्द्र अधिकारी सहित अन्य ६ जना ब्यक्तिको दुखद र असामयिक निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ ।
नेपालमा समाजबाद स्थापनाको आधार तयार गर्न अहोरात्र कृयाशिल एकजना नेता तथा समकालीन राजनीतीका लोकप्रिय ब्यक्तित्वलाई गुमाउनु पर्दा मुलुकलाई अपुरणिय क्षति भएको छ।
यस दुखद समयमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) तथा उहॉंकी राजनितीक सहयोध्दा तथा श्रीमती बिध्या भट्टराई लगायत शोक सन्तप्त परिवारजन साथै पिडा बहन गर्ने आम जनसमुदाय प्रति गहिरो समवेदना प्रकट गर्दै कमरेड रबिन्द्र अधिकारी प्रति हार्दीक श्रद्धावजली अर्पण गर्दछौं।
राजेन्द्र पुडासैनी
अध्यक्ष
तथा, प्रवासी नेपाली मंच युके, परिवार
२७ फेब्रुअरी २०१९

प्रतिक्रिया