२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

टुडेज् वोमेन “मिसेस नेपाल युके २०१८” ले अन्तराष्ट्रीय नारी दिवस मनाउँने

2834 Shares
notext
Spread the love

लन्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबाससंगै विभिन्न कार्येक्रमहरु हुने गरेका छन् । ति सबै कार्येक्रम मध्य मिसेस नेपाल युकेले आफ्नो छुट्टै पहिचान बनाउँन सफल भएको छ । महिलाहरुको भित्रि आत्मा बल बढाउँन, घर चुलो बच्चा मात्र सिमित नभई एक नारीले पनि समाजमा धेरै योगदान पुराउन सक्छन् र बिदेशी भुमिमा नेपाली कला भाषा संस्कृति जोगाउन सकिन्छ भन्ने उदेश्यले लन्डन फेशन हाउसको बयानर तथा मनिषा डंगोल श्रेष्ठ (लन्डन फेशन हाउसको डाईरेक्टर)को कडा मेहेनत बीच मिसेस नेपाल युकेले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो ।

मिसेस नेपाल युकेको २०१८ को दोश्रो संस्करण भव्यताका साथ सम्पन्न गरेपछि सस्थापक मनिषा डंगोल श्रेष्ठको अध्यक्षतामा मिसेस नेपाल युकेको २०१८ को विजेता बिनु लामिछाने , बिउटी फर चेन्ज सुनिता श्रेष्ठको सहकार्य तथा सबै टिम मिलेर अन्तराष्ट्रीय नारी दिवस अलिक पृथक ढंगले मनाउने तयारीमा जुटेका छन् ।

notext

उक्त कार्येक्रम आयोजना गर्ने टिममा निरु कोइराला , बन्धना केसी , सबिता श्रेष्ठ थापा , सबु सेन्चुरी , सन्तोषी कार्की, आँसु बस्नेत , अमिका भण्डारी , स्वस्तिका लोहनी , मुना रावत , रिमा कंडेल , मिसेस नेपाल युके २०१७ का विजेता आस्था जोशी र पूर्व इत्छुक टोलीको बेजोड भूमिका रहने आयोजकले बताए ।

सो कार्येक्रममा नेपाली नारीहरुको हकहितलाई लक्छित गरेर संचालित मक्जिन टुडेज् वोमेनको अनलाईन पोर्टल उद्घाटन गर्दै समाजमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुलाई एकैठाउँमा लेराएर अन्तरक्रिया गर्ने साथै समाजमा बिषेश योगदान दिदै आउनु भएका महिलाहरुको कदर गरि सम्मान गर्ने योजन पनि रहेको जानकारी आयोजकहरुले दिए ।

उक्त कार्येक्रममा अरु विभिन्न आकर्षणहरु मिसेस युके नेपालका विजेताहरुको प्रस्तुति, क्याटवाक, विभिन्न सस्कृतिक प्रस्तृतिहरुको भरिपूर्ण मनोरंजनका साथ सबै मिलेर अन्तराष्ट्रीय नारी दिवस मनाउने योजना भएको आयोजकहरुले बताए ।

Event Details-23rd March 2018, Saturday.

Venue- Harrow Football Club

Enter- By Invitations only (Free)

Time-5pm onwards

प्रतिक्रिया