२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

बेलायतमा भुपू गोर्खाहरुको आकस्मिक बैठक, गोर्खा पेनसन प्रति ऐक्यबद्धता

2097 Shares
Spread the love

लन्डन । बेलायतमा अवकाश प्राप्त भुपू गोर्खालीहरुको आकस्मिक बैठक गोर्खा पेनसन प्रति ऐक्यबद्धता जनाउँदै सम्पन्न भएको छ।अल्डसटको भेटघाट रेष्टरेन्टमा ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त बिट्रिस गोर्खा विशेष उच्चपदका अफिसरहरू सँगै गोर्खालीहरुको आकस्मिक समिक्षा बैठक बसेको हो।

सो समिक्षा बैठकमा ८१ वर्षीय पूर्व १० गोर्खा राईफलका गोर्खा मेजर जुद्ध राई लगाएत अन्य ५० भन्दा बढीको संख्यामा उपस्थिती रहेको थियो ।  उक्त बैठक रिटाएर लेप्टन कर्नेल याम राना र अन्य अफिसरको सहकार्यमा सम्पन्न भएको हो।

बेलायत सरकारका रक्षा राज्यमन्त्री ल्याङकेष्टरको हालै नेपालमा गरेको भ्रमणका क्रममा राष्ट्रपति, परराष्ट्रमन्त्री लगायतका उच्चपदस्थहरुसँगको भेटमा गोर्खा सैनीकहरूको समान पेन्सनको समस्या समाधानका लागि दुई देशबीच भएको उच्चस्तरीय वार्तामा के कस्ता विषयमा छलफल र उपलब्धि भएका छन् भन्नेबारे अन्तरक्रिया गरिएको थियो।

notext

गोर्खाहरूको समान पेन्सन लगायत अन्य असमानताका विषयमा विशेष त ब्रिट्रिस गोर्खा सत्याग्रह पहलमा नेपाली दूतावास लन्डण्नको संयोजकत्वमा सम्पूर्ण गोर्खा संगठनहरूको संयुक्त ऐक्यबद्धतासहित १३ वटा मागहरू राखिएका थिए। बेलायत अलपातीपार्लामेट कमिटीले दिएको सुझाव अनुरूप अहिले सम्मको प्रगति विवरण र उनीहरु कत्तिको सचेत अवस्थामा रहेका छन् भन्ने विषयमा छलफल भएको थियो।

दुई राष्ट्रबीच भएको उच्चस्तरीय वार्ताको बिषयमा भने ब्रिट्रिस गोर्खा सत्याग्रह टिमका बेलायतमा रहेका पदाधिकारीहरूसँग जानकारी लिदै बिग्रेड अफ गोर्खाजका सबै गोर्खाहरूको ऐक्यबद्धता जनाउँदै कसरी अगाडि बढ्ने तथा कुन कुन तहबाट सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका थिए।

जसमा सत्याग्रह समितिबाट अभियन्ता योद्धा ज्ञानराज राई, उपसंयोजक सुर्य नेम्वाङ, माहासचिव श्रीमती सयन्द्र केसी, सहकोषाध्यक्ष श्रीमती बिष्णु गुरूङ रहेका थिए। सो अवसरमा ज्ञानराज राईबाट प्रगती बिबरण प्रस्तुत गर्दै सबैको ऐक्बद्धता आव्हान गरेका थिए।

त्यस्तै क्याप्टेन राजु गुरूङ, लेप्टन काजी शेर्पा, क्याप्टेन दिलकुमार राई, गोर्खा मेजर कुलबादुर थापा, लेप्टन श्रीप्रसाद लिम्बु, क्याप्टेन निर्मल गुरूङ, क्याप्टेन, कृष्ण गुरूङ, प्रकाश गुरूङ लगायतले बोल्ने क्रममा गोर्खाजको समस्या तथा अन्य समस्याका निम्ति गोर्खाली सबै संघ संस्थालाई धन्यवाद दिएका थिए।

साथै यस्तो अवस्थामा सबै एक आपसमा ऐक्यबद्धता जनाउँदै एक अर्काको बिचार र भावनाको सम्मान गर्दै आउदा दिनमा विशेषत समान पेन्शनको निम्ति सबैलाई चित्त बुझने तथा १९९७ साल पहिलाकालाई विशेषत (हङकङ, ब्रुनाई, सर्विसलाई) अन्य ब्रिट्रिस आर्मीजस्तै अनिवार्यरुपमा कायम गरियोस् भन्नेमा जोड दिनुपर्ने र कसैलाई काखा र पाखाको ब्यवहार नहोस् भन्ने कुरामा दिड दिईएको थियो ।

विषेश त नेपाल सरकारका सांसदहरू र सरकारसँग सहकार्य गरेर आन्दोलनका कार्यक्रमहरु अघि बढाउने तथा ब्रिट्रिस सरकारलाई दवाब दिन यहाँका जनतासामु पुग्नलाई सबैले बिट्रिस लिजन, लोकल सांसद, भेट्रिरीयनहरूबाट सहयोग लिनका लागि कसरी प्रभावकारी कदम अगाडि बढाउने आजैदेखि आ–आफ्नो ठाउँबाट पहल गरिने पनि बताइएको थियो।

notext

अन्तमा सत्याग्रह समितिमा सहभागी गोर्खा संघ-सस्थाहरूलाई सूचना आदान प्रदान गर्नु अनुरोध गरेकोमा उहाँहरूबाट सबै सूचना १३ बुँदे डकुमेन्ट सबैलाई ईमेल मार्फत् पठाउने बताइएको थियो।

कार्यक्रमका संयोजक लेप्टन कर्नेल याम रानाले सबै भुपू गोर्खा अहीलेको मुद्दामा नेपाल र बेलायत सरकारले गोर्खाहरूबाटै बिज्ञसहितको कमिटी खडा गर्नुपर्ने बताउँदै गोर्खाहरूको असमान पेन्सन र अन्य मागमा नेपाल सरकारले प्रमुख भुमीका खेलोस् भन्ने अनुरोध गरिएको थियो।

सरकारलाई आफ्नो राष्ट्र र जनताको निम्ती गम्भीर रहन अनुरोध गर्दै आफूहरु बौद्धिक, भौतिक, आर्थिक सहयोगका लागि तयार रहेको समेत बताएका थिए। अब सत्याग्रह आन्दोलनका निम्ती छ्टिै अर्को बैठक बस्ने भएको छ।

प्रतिक्रिया