२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नुवाकोट सेवा समाज, कतारले बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

2401 Shares
Spread the love

आशिष तामाङ
“सेवा नै धर्म हो” भन्ने मुल नारालाई आत्मसात गर्दै सन २००६ मा स्थापना भएको नुवाकोट सेवा समाज दोहा कतार ले आफ्नो स्थापना काल देखिनै निरन्तर रुपमा समाजिक कार्यहरुमा अमुल्य योगदान पुर्याउदै आईरहेका सबैमा अबगतै छ।

विभिन्न समाजिक, साँस्कृतिक, सांगीतिक कार्यक्रम हरु आयोजना गरि सफलता पार्दै तीब्र गतिमा अघि बडीरहेको समाजले यस पटक पनि आगामी ०१ मार्च २०१९ शुक्रबार को दिन “अल वाक्रह बिच स्थिति , “आन्तरिक भेटघाट तथा वनभोज कार्यक्रम ” बृहत् रूपमा आयोजना गरेको हुँदा कतारमा कार्यरत रहनु भएका सम्पुर्ण नुवाकोटे जिल्लाबासी, दाजुभाई तथा दिदीबहिनीहरुलाइ एकताबद्ध गराउने उदेश्यले गर्न लागिएको यस कार्यक्रममा सम्पूर्ण नुवाकोटे आमा, बुवा, दाजुभाई तथा दिदीबहिनिहरु साथै समाजसेवी, बुद्धिजीवी, व्यबसायी, सञ्चारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, तथा सम्पुर्ण, नेपाली हरुमा उपस्थितिको लागि सादर निमन्त्रणाको साथ कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोगको लागि आयोजकले हार्दिक आह्वान समेत गरेका छन।

notext

यस पटकको आन्तरिक भेटघाट कार्यक्रम ले सम्पुर्ण नुवाकोट जिल्ला बासिहरुलाई एकताबद्ध गराउने उद्देश्य रहेको साथै यस कार्यक्रम बाट संकलन हुन आएको आर्थिक रकम परोपकार , समाजिक कार्यमा सहयोग पुर्याउने योजना रहेको नुवाकोट सेवा समाज कतारका बर्तमान अध्यक्ष हरिराम खड्का ले पिटि अन्लाईन मार्फत जानकारी गराएको छ।

(नोट):- कार्यक्रम स्थल स्थान सम्म आवातजावत गर्नको लागि निःशुल्क यातायातकाे ब्यवस्था गरिएकाे छ।

मिति: १ मार्च २०१९ शुक्रबार
समय: बिहान ९:०० बजे
स्थान: Al wakrah beach,qatar
यातायात छुट्ने समय: बिहान ८:०० बजे
स्रोत: डिबि तामाङ

प्रतिक्रिया