२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

अस्ट्रेलियामा अलपत्र परेका नेपाली नर्सहरुलाई ज्यान मार्ने धम्की

1984 Shares
Spread the love

अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएका छन् । मिडियालाई भनेको र धेरैको ‘ब्रेनवास’ गरेको भन्दै आफू र आफ्नो परिवारलाई यस्तो धम्की आएको पीडित विद्यार्थीले बताएकी छिन् ।‘कन्सल्टेन्सीहरूले नेपालबाट फल्स इन्फर्मेसन दिएर यहाँसम्म लिएर आइपुग्नुभयो । हामीले एआइबिटीको वेबसाइटमा हेर्दा पनि त्यहाँ पहिले अर्कै इन्फर्मेसन थियो । अहिले अर्कै इन्फर्मेसन छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा ती विद्यार्थीले यस्तो बताएकी हुन् ।
हामी सबै जना भएर नेपाली मिडियासम्म यो कुरा पुर्यायौँ रवि लामिछानेजीको सिधा कुरा जनतासँगमा । मलाई धेरै नै पर्सनल थ्रेटहरू आइरहेको छ । यो मैले एक्लैले बोलेको छैन ।मेरो भोइस भनेको पन्ध्र सय बढी विद्यार्थीहरूको भोइस हो । त्यही भएर मेरो घरमा हिजो एक्सपर्ट कन्सल्टेन्सीले फोन गर्नुभएको रहेछ । हुन त उहाँहरू हाम्रै फ्यामिली मेम्बरको कोही आफन्त हुनुहुँदो रहेछ । घरमा फोन गरेर तपाईंको छोरीले यस्तो गर्याे। तपाईंको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नुभयो । मलाई यस्तो थ्रेट आउँदा मलाईभन्दा मेरो बाबाआमालाई समस्या हुन्छ ।
मेरो कारणले मेरो बाबाआमालाई केही नहोस भन्न चाहन्छु ।मलाई मात्रै होइन, यहाँ भएका धेरै विद्यार्थीहरूलाई पर्सनल थ्रेट आउन थालेको कारणले प्लिज हाम्रो सेक्युरिटीको लागि म हजुर हरूलाई धेरै अनुरोध गर्छु ।’अस्ट्रेलियाबाट सञ्चालित साउथ एसिया डटकम डट एयु समाचार पोर्टलका अनुसार एआइबिटी कुनै कलेज नभएर व्यवसायिक कोर्सहरू पढाउने निजी इन्टिच्युट हो । तर, नेपालका एक्सपर्ट, मर्सि, अल्फाबिटा लगायतका कन्सल्टेन्सी हरूले भने कलेज भन्दै विद्यार्थीहरूलाई लगेको विद्यार्थीहरूले गुनासो गरेका छन् । तीन बषे डिप्लोमा नर्सिङ कोर्स कुनै विश्वविद्यालयको नभएको पाइएको छ ।
हालसालै सिधाकुरा जनतासँग भिडियो कुराकानीमा आएका उनीहरुले कलेजले तीन बर्से कोर्स दुई वर्षमै पुरा हुने र एक वर्षको क्रेडिट पनि पाउने भन्ने आश्वासन पाएको बताएका थिए ।कुनै विश्वविद्यालयको सम्बन्धन नभएर नेपालमा छोटकरी सिपमूलक तालिम  दिने जस्तै इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ । नेपालको सिटिभइभिटी कोर्स जस्तै अस्टेलियाको भिइटी अर्थात भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ कोर्स हुन्छन् । यस्तैगरि, विदेशी विद्यार्थीहरूको अध्ययनको लागी सिआरआइसिओएस अर्थात् ‘कमनवेल्थ रेजिस्टर अफ इन्टिच्युसन एन्ड कोर्सेस फर इन्टरनेसनल स्टुडेन्ट’ को पनि सम्बन्धन पाउनुपर्छ ।

प्रतिक्रिया