२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

पूर्व सञ्चार मन्त्रि रिजालसंग लण्डनमा अर्न्तक्रिया हुँदै

2075 Shares
Spread the love

लन्डन । नेपाली काँग्रेसका सभासद तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालसंग एनआरएन बेलायतले विशेष अर्न्तक्रिया गर्ने भएको छ ।  गैर आवासीय नेपाली संघ बेलायतका महासचिव आर के त्रिपाठीद्वारा जारी सूचना अनुसार उक्त कार्येक्रम हुन लागेको हो ।

 गैर आवासीय नेपाली संघ बेलायतका महासचिव आर के त्रिपाठीद्वारा जारी सूचना जस्ताको तस्तै :

आदरणीय मान्यगण  नमस्कार विषय :माननीय सभासद पूर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका नेता केद्रीय सदस्य एवं प्रखार बौद्धिक व्यक्तित्व डा मिनेन्द्र रिजाल ज्यू  लाई स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उपस्थीती को लागी विशेष निमन्त्रणा /  माननीय सभासद पूर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका नेता केद्रीय सदस्य एवं प्रखार बौद्धिक व्यक्तित्व डा मिनेन्द्र रिजाल ज्यू हाल बेलायत भ्रमणमा हुनुहुन्छ ।

आदरणीय नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य एवं सभाषद डा मिनेन्द्र रिजाल को वेलायत आगमन मा स्वागत एवं सम्मान र गैर आवाशीय नेपाली हरुको समसामायिक एजेण्डामा विशेष ध्यानकर्षण गर्न एक अन्तरक्रिया कार्यक्रम आगामी आइतवार २४ फेबुअरी २०१९ का दिन १६०० बजे पश्चीम लण्डनको चौतारी रेष्टुरेन्ट साउथ ह्यारो २० station Parade ,HA2 8HB मा गैर आवासीय नेपाली संघ वेलायतले तय गरेको छ/उक्त कार्यक्रममा उपस्थीत भई माननीय सभासद एवं नेपाली कांग्रेस पार्टीका नेता एवं नेपाल सरकारका पूर्व मन्त्री ज्यू लाई स्वागत सम्मान गरी अन्तरकिया कार्यक्रममा आफ्ना भनाइहरू राखि दिन उपस्थीती को लागी सादर अनुरोध गर्दछु। आर के त्रिपाठी महासचिव गैर आवासीय नेपाली संघ वेलायत

प्रतिक्रिया