२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

अष्ट्रेलिया पुर्‍याएर हजारौ विद्यार्थीलाई कुन कुन कन्सलटेन्सीले ठगे ?

1921 Shares
Spread the love

काठमाडौं। नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरु अष्ट्रेलिया पुर्‍याएर नेपाली विद्यार्थीहरुलाई बिचल्ली बनाउने काममा संलग्न भएको पाइएको छ। नर्सिङमा आफ्नो भबिष्य देखेर अस्टेलिया पुगेका नेपाली विद्यार्थीहरु कन्सल्टेन्सीको वदमासीका कारण विचल्लीमा परेका हुन्।

अष्ट्रेलियामा रहेका करिव १ हजार नेपाली विद्यार्थीहरुले आफूहरुलाई कन्सल्टेन्सीले ठगेको तथा आफूहरुको रकम सबै डुबेको बताए।

सिधा कुरा जनतासंगको लाइभमा आएर उनीहरुले केहि नेपाली कन्सल्टेन्सीहरुले आफ्नो भबिष्य बर्बाद बनाएको बताए। रुँदै उनीहरुले आमा बुबाले दुख गरेर जोडेको सम्पति पनि डुबेको र आफूहरुको समयको पनि वर्वाद भएको बताए।

रजिष्टर्ड नै नभएको कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाएर केहि कन्सलटेन्सीहरुले करोडौं रकम लिएका छन्।

notext

एक्सपर्ट, अल्फा विटा, कंगारु एजुकेशन एण्ड फाउण्डेशन, वेभ प्रमिश सर्भिस, एडमार्क एजुकेशन पोखरा, सनराइज, काठमाडौं इन्फोसिस, डल्फिन, एबीसी माइग्रेसन एण्ड एजुकेशन, मर्सी एजुकेशन लगायतका कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई गलत सूचना दिएर नेपाली विद्यार्थीहरुलाई लुटेका छन्।

नाम चलेका यि कन्सल्टेन्सी मध्ये एक्सपर्ट र मर्सीले सबैभन्दा धेरै विद्यार्थीहरुलाई ठगेर लुटेका छन्।

भक्तपुरका सुजन श्रेष्ठ दुइ वर्ष अघि नर्सिङमा भविष्य सुनिश्चित पार्ने सपना बोकेर अष्ट्रेलिया उत्रिए । आफुले अध्ययन गरिरहेको व्रिजवेनको डिप्लोमा इन नर्सिङ विषयको सम्बन्धन नै लिन नसकेपछि पढाइ अन्यौलग्रस्त बनेको हो ।

अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल एनम्याकबाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन ।

‘दुइ वर्ष पढियो, झण्डै २० हजार डलर पनि खर्च भइसक्यो’ सुजनले गुनासो गरे – ‘अब कलेजको नर्सिङ विषय नै दर्ता नभएपछि सर्टिफिकेट पनि नपाइने भयो’ ।एआइबिटीबाट नर्सिङ पढाइ नहुने भएपछि सुजनले अन्य विश्वविद्यालयमा व्याचलर अध्ययनका लागि आवेदन दिए । तर, उनको डिप्लोमाले नै मान्यता नपाएका कन्फरमेसन अफ इनरोल्डमेन्ट सिओइ पाएनन् । सुजनको भिषा मार्चमा सकिदैछ । भिषा थप्न के गर्ने भन्ने चिन्ताले सता उन थालेको छ उनलाई ।

सुजनकै जस्तै नियती भोगेकी छिन् सिड्नीको एआइबिटी कलेजमा डिप्लोमा इन नर्सिङ पढिरहेकी सोनी श्रेष्ठले पनि । लम्जुङकी सोनीले एक वर्ष पढेपछि मात्रै आफ्नो विषय एनम्याकमा दर्ता नभएको चाल पाइन् । त्यसपछि उनको होसहवास उडेको छ । कलेजले चित्तबुझ्दो जवाफ नदिएपछि उनी के गर्ने भन्ने अन्यौलमा छिन् । सोनी र सुजनमा प्रतिनिधी पात्रा मात्रै हुन् । एआइबिटीमा अध्ययनरत झण्डै एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौल बन्दै गएको छ अष्ट्रेलियामा ।

विद्यार्थीहरुले कलेज प्रशासनसंग पटक पटक छलफल गरेपनि कुनै नतिजा निस्किन सकेको छैन । लाखौ रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न आएका ती विद्यार्थीको भविष्य अब के होलारु कलेज प्रशासनसंगको छलफलबाट कुनै समाधान ननिस्किएपछि एआइबटीका विद्यार्थीले अन्तराष्ट्रिय विद्यार्थीहरुको साझा काउन्सिल सिसामा उजुरी गरेका छन् । एआइबिटी बारे विद्यार्थीहरुको थुप्रै गुनासा आएको सिसाका अध्यक्ष विजय सापकोटाले पुष्टी गरे । ‘हामीलाई थुप्रै विद्यार्थी साथीहरुले उजुरी गर्नुभएको छ’ सापकोटाले भने ‘त्यसमा के भएको हो हामी छानविन गरिरहेका छौ’ ।

एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ । दुतावासले शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ ।

शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यवाहक राजदुत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ ।आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिलसम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआइबिटीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

नर्सिङको सम्बन्धन लिने परीक्षणकै क्रममा धमाधम विद्यार्थी भर्ना लिएको सो कलेको बारेमा यथेष्ट जानकारी नदिएपछि नेपाली विद्यार्थीहरु धोकामा परेका हुन्। नेपाली विद्यार्थीबाटै लुटको शैलीमा पैसा असुल्ने नियतका कन्सल्टेन्सीहरुलाई कारवाही गर्नुपर्ने माग बढेको छ। नेपालको शिक्षा मन्त्रालयले यस बारेमा अहिलेसम्म कुनै कार्वाही अघी बढाएको छैन।

प्रतिक्रिया