काठमाडौं – गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा!!’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेसँगै समाजिक संजालमा सरकार र सम्वन्धीत निकायका विरुद्ध स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आलोचना गरिरहेका छन् । नेपालमा व्याप्त भष्ट्रचार र विसङ्गतीका विरुद्द तिखो व्याङ्गात्यमक रुपमा गित प्रस्तुत गररे युट्युबमा टे«न्डिङ भएको सो गितलाई सत्तापक्ष नेता कार्यकर्ताको चर्को दबाब र आलोचनाबाट गितलाई युट्युबबाट हटाईएको बताईएको छ । त्यो सँगै इजरायलमा कार्यरत समाजसेवी सरिन ख्युङ्वा तामाङले फेसबुक लाईभ मार्पत भष्ट्रचार र विसङ्गती विरुद्ध सरकारलाई लक्षित गर्दै चर्को विरोध गरेकी छन् । तामाङले देशमा भए गरेका घटना परिघटनालाई आफ्ना विचारहरु प्रस्तुत गर्दै आएकी छन् । उनले सामाजिक क्षेत्रका कार्यमा समेत निरन्तर सहयोग गर्दै आएकी छन् । हेर्नुहोस भिडियो ।