7616
Shares
आशिष तामाङ , मलेसिया : मलेसियाको जोहोरबारू बातुपाहत स्थित Gimmill industrial (m) sdn. bhd.कम्पनीमा कार्यरत मोरङ्ग जिल्लाका अन्जु कुमारी रिशिदेव को सडक दुर्घटनामा परि मृत्यु भएको छ।

शुक्रबार साझ ओभर टाइम गरि कोठा जानको लागि रोड क्रस गर्ने क्रममा अन्जुलाई बिपरित दिशा बाट आउदै गरेको कारले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बिराटनगरकी अन्जु कुमारी रिशिदेव दुई बर्ष अघि काठमाडौ को कारबन मेनपावर बाट मलेसिया आएक थिए !
आएको तिन वर्ष नहुदै हिजो ( 15-02-2019 ) बेलुकी 10:00 बजे सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन् !लासलाई पोस्टमार्टमको लागि मलेसिया बातुपाहतको सुल्तान हस्पिटलमा राखिएको छ।