२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

तामाङ समाज पोर्चुगलद्धारा २८५५ औं सोनाम ल्होछार कार्यक्रम सम्पन्न

4399 Shares
Spread the love

आशिष तामाङ,

लिस्बन – तामाङ समाज पोर्चुगलले साँस्कृतिक कार्यक्रम सहित २८५५ औं सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालबाट आमन्त्रित कलाकार द्वय विरु लामा र निर्मला घिसिङलगायत पोर्चुगलमा रहेका कलाकारहरुले कार्यक्रममा आ – आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टाशी लामा मोक्तान, गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समानवय परिषद पोर्चुगलका अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा, रमेशकुमार गुरुङ, नरेन्द्रबहादुर हमाल, पेम्बा शेर्पा, अनिता मोक्तान, मीना खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शशी लामा, मेघ लामा, पूर्ण तामाङ, मनु पाख्रिन, प्रितु योञ्जनलगायत कलाकारहरुले समेत साँस्कृतिक कार्यक्रममा आफ्ना प्रस्तुति पस्केका थिए ।

समाजका अध्यक्ष सुनिता ब्लोन तामाङको अध्यक्षतामा सल्लाहकार मीना स्याङ्तानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विपीन तामाङले गरेका थिए ।सांस्कृतिक कार्यक्रम को संचालन प्रदिप थिगं तामाङ र सुनिल तामाङ ले गरेको थिए ।

सोही कार्यक्रममा लामा गुरु बाट शान्ति पुजा समेत गरिएको थियो

कार्यक्रम जिनाजियो हल आन्जुस, लिस्बनमा भएको थियो ।

प्रतिक्रिया