२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

आमाको लास नेपाल पठाईदिन अनुरोध गर्दै कुवेतवासी नेपालीलाई ३ छोरीहरुको दर्दनाक पत्र !

2281 Shares
Spread the love

कुवेत । आमाको लास नेपाल पठाईदिन अनुरोध गर्दै कुवेतवासी नेपालीलाई ३ छोरीले दर्दनाक चिट्ठी लेखेका छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भएकी अमृता दमाईको कुवेतमा मृत्यु भएपछि आर्थिक स्थिति कमजोर भएका कारण शव नेपाल पठाउन नसकेपछि मृतक अमृता दमाईका ३ छोरीहरुले आमा कुमारी दमाईको शव नेपाल पठाईदिन कुवेतमा रहेको नेपाली दूतावास, नेपाली संघसंस्था लगायत कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरु आग्रह गरेका हुन्।

४७ बर्षीया अमृताको उपचारको क्रममा गत फेब्रअरी ४ तारिखका दिन कुवेतको  आदान अस्पतालमा मृत्यु भएको थियो। उनी केही समयदेखि गैर कानुनी रुपमा बस्दै आएको स्रोतले जनाएको छ।

यस्तो छ ३ छोरीले कुवेतवासी नेपालीलाई लेखेको चिठी 

श्री कुवेतमा कार्यरत दाजुभाई दिदीबहिनी तथा त्यहाँ रहेको नेपाली दुतावास र नेपाली संघ संस्थास्थाहरुलाई हाम्रो बिनम्र अनुरोध छ।

हाम्री आमा चार बर्ष पहिला हामीलाई पालन पोषण गर्न भनि कुवेत जानु भएको  हो। हाल उहाँको कुवेतमै मृत्यु भएको खबरले हामी तीन छोरीहरु र  हजूरआमालाई निकै चिन्ता परेको छ।

बुबा ७ बर्ष पहिला भारत जानु भएको हालसम्म बेपत्ता हुनहुन्छ। हाम्रो स्कुलको फिस समेत गाउँका केही ब्यक्ति र संस्थाले तिरिदिनु भएको छ। 

हाम्रो आमाको सास नपाय पनि लास पाउने आसामा छौँ तर लास नेपाल ल्याउनका लागि हामीसँग पैसा नभएको हुँदा त्यहाँ कुवेतमा कार्यरत नेपाली दाजुभाईहरुसँग बिन्ती गरी हाम्रो आमाको लास नेपाल पठाईदिन अनुरोध गर्दछौँ ।

छोरीहरु

अस्मिरा परियार
अस्मिता परियार
सुनिता परियार

मृतक अमृताको मृत्यु बारे आधिकारीक रिपोर्ट आउन भने बाँकी रहेको र मृतकको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,३०,५०० रुपैयाँ ) लाग्ने नेपाली दूतावासले जनाएको छ।

अवैधानिक भएकाले उक्त रकम उपलब्ध नहुँदा मृतकको शव नेपाल पठाउन समस्या भएको दूतावासले जनाएको छ। दूतावासले मृतकको शव नेपाल पठाउन आवश्यक रकम सहयोग गर्न अनुरोध समेत गरेको छ।

छोरीहरुको हस्त लिखित पत्र  र वडा कार्यालयको सिफारिस

 

प्रतिक्रिया