२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

भेलेन्टाइन डे को अवसर पारेर लन्डनको ग्रिनविचमा बलिउड नाईट पार्टी हुदै

3900 Shares
Spread the love

लन्डन । दोस्रो शताब्दीमा रोममा क्लाउडियस द्धितियको शासनको समयमा १४ फेब्रुअरी २७० का दिन पादरी भेलेन्टाइनलाइ फाँसी दिइएको थियो । यसैको सम्झना स्वरुप बिश्वभर भेलेन्टाइन डे मनाइदै आएको पाइन्छ ।रोमका सम्राट क्लाउडियसले कुर तथा अलोकप्रिय अभियान चलाएका थिए जसको कारण सेनामा भर्ना भएका युवाले प्रेम तथा बिवाह गर्न सक्त मनाही थियो ।
प्रेम वा बिवाहमा आफ्ना सेना रमाउदा आफू कमजोर हुने उनको धारणा थियो । तर पादरी भेलेन्टाइनले सम्राटको आदेशलाई चुनौती दिदै लुकिछिपी युवा प्रेम जोडीको बिवाह गराइदिन्थे ।जब पादरीको यस्तो कार्य क्लाउडियसले थाहा पाए उनले पादरीको हत्या गर्न निर्देशनदिए । उनलाई अदालतमा पेश गरियो अदालतले पनि मृत्युदण्ड दिने फैसला गर्यो।

१४  फेब्रुअरी २७० मा भेलेन्टाइनलाइ मृत्युदण्ड दिइयो । जब उनी मृत्युदण्ड दिनु भन्दा अगाडी जेलमा थिए त्यति बेला जेलरको छोरीलाई पत्र लेख्दै भनेका थिए”तिम्रो भेलेन्टाइन” उनको प्रेम सन्देश आज बिश्वमा जिवित छ र उनको यो प्रयासलाई बिश्वले स्विकार्दै १४ फेब्रुअरी लाई एक अर्कोमा प्रेम साटासट गर्दै मनाउने चलन बिश्वभर छ ।
भेलेन्टाइन डे को  दिन फुल, चक्लेट, र उपहार दिएर प्रेम दर्साउने चलन छ ।

भेलेन्टाइन डे नेपाली युवा युवतीमा एक अर्कामा प्रेम साटासाट गर्न उपहार , फुल दिएर मनाउने चलन छ । साथै बिकृतीको रुपमा पनि यसलाइ लिने पुस्ता पनि भेटिन्छन आजकल हाम्रो समाजमा  ।

भेलेन्टाइन डे को अवसर पारेर लन्डनको ग्रिनविचमा रहेको नर्थपोल बरमा बलिउड नाईट पार्टी हुदैछ । उक्त नाईट पार्टीका आयोजक विकेश राज बस्नेत अनुसार  पार्टीमा जोडी मात्र हैन सिंगल साथीहरुको पनि ठूलो जमघट रहने हुनाले यस रात्रिकालीन क्षणलाइ अझ अविष्मरणीय बनाउन , रंगीन साँझले नै जीवनरुपी कागजमा अनेक रंग भर्छ भन्दै सबैलाइ पार्टीमा आउन निम्ता गरका छन् ।

पार्टीहुने स्थान :
Northpole bar and lounge ,
समय ;- 8pm till late

अनलाईन टिकटको लागि :

https://www.eventbrite.com/e/valentine-special-bollywood-night-tickets-55130689376?fbclid=IwAR1pcdgXHVkZ6jhSJhx3KvQjxSsCQrwkW0xHfi4vFNC4eKBIVHbBWmqU9HA

सम्पर्क : 07896516654,07476965347

प्रतिक्रिया