२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

बेलायतको अल्डरसटमा काउन्सिलर उम्मेदवार बने केसी

1986 Shares
Spread the love

लन्डन । बेलायतको अल्डरसटबाट नेपालको म्याग्दीमा जन्मिएका प्रबेश केसी काउन्सिलर पदको उम्मेदवार बनेका छन् । युवा व्यवसायी तथा समाजसेवी  केसी आउंदो २ मेमा हुने बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका हुन्।

Img-responsive

कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका केसी अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । उनको क्षेत्रमा करिब ४ हजार मतदाता छन् । अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताए ।

शनिबार अल्डरसटमा लन्डन नेपाल न्यूज डटकमका लागि प्रधानसम्पादक शिव भण्डारीसँग केसीले भने, ‘रसमोर बरो काउन्सिल गोर्खा भेट्रानप्रति बढि उदार भएकाले भूपू गोर्खाहरुका स्थानीय समस्या सम्वोधनमा पनि जुट्नेछु कन्जरभेटिभ पार्टीले स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले आफूलाई छनोट गरेको केसी बताउंछन् चुनावी अभियानमा केसी उनले आफूलाई मत दिन आफ्नो चुनावी अभियानमा सघाउन पनि अपिल गरेका छन्

कन्जरभेटिभको व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै केसीले हरेक मतदातालाई ति सिद्धान्तको प्रत्याभूति दिलाउन पहल गर्ने बताए यो पार्टीले हरेक व्यक्तिलाई आफ्नो जीवनको मालिक बनाउंछ दास होइन्’- केसीले भने ब्रिटिश सैनिकमा कार्यरत गोर्खाहरुका लागि पनि कन्जरभेटिभ उदार उसको डिफेन्स बजेट बढि हुन्छ हालैअल्डरसट सेन्टर फर हेल्थप्रोजेक्ट सम्पन्न भएको जुन कन्जरभेटिभकै पहलमा बनेको हो स्थानीय सरकारले टाउन सेन्टरकोरिजेनेरेसनका लागि ५०० मिलियन पाउण्ड बजेट समेत छुट्टयाएको उनले बताए अग्रीम शुभकामना दिंदै काउन्सिलर लक्ष्य गुरुङ वेलिङटन वार्डमा हजार ५०० क्वालिटी होम विकासमा पनि कन्जरभेटिभले नै पहल गरेको हो

अल्डरसटमा मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि बनाउन पनि कन्जरभेटिभ स्थानीय सरकारको महत्वपूर्ण भूमिका कन्जरभेटिभ पार्टीको जनताका हकहित कल्याण प्रमुख नीति भएकाले पनि केसीले उक्त पार्टीका उम्मेदवारलाई मत दिन अपिल गरे यस पार्टीको असहाय निमुखा जनतालाई सहयोग गर्ने पनि मुख्य नीति सन् १९९६ मा बेलायत आएका केसी प्रोपर्टी व्यवसायमा आवद्ध छन्

लन्डननेपाल न्युजबाट साभार

प्रतिक्रिया