२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नेपालका अर्थमन्त्री डा युवराज खतिवडासंग एनआरएन युकेले अन्तरकृया गर्दै

2297 Shares
Spread the love

लण्डन  लण्डनस्थित नेपाली राजदूतावासका अनुसार  अर्थमन्त्री डा युवराज खतिवडा फागुन (फेब्रुअरी २०) गते बेलायत आइपुग्ने कार्यक्रम तय भएको समाचार प्राप्त भयको नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले अर्थमन्त्री खतिवडानेपाल विकास सम्मेलननामक कार्यक्रममा सहभागि हुन लण्डन आउन लागेको जानकारी दिनु भयको हो। सम्मेलनमा उनले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नेछन् बेलायतमा रहँदा उहाले बेलायती अन्तराष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको यस्तै अर्थमन्त्री खतिवडाले एनआरएनए युकेसँग पनि अन्तर्क्रिया गर्नेछन्। अर्थमन्त्री खतिवडासँग एनआरएनए युकेले फागुन (फेब्रुअरी २१) गतेका दिन गोल्डेनशीप रेष्टुरेन्टमा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिनु भयकोछ।बेलायत भ्रमण सकेर खतिवडा फागुन ११ (फेब्रुअरी २३) मा स्वदेश फर्किनु हुने कार्यक्रम छ।

NoText एनआरएनयुकेको उपस्थीतीको लागी अपिल तल समाबेस गरीयको छ।

आदरणीय माहानुभावहरु,

विषय : नेपाल सरकारका अर्थ मन्त्री डा युवराज खतिवडा संग गरिने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन विशेष निमन्त्रणा।

नेपाल सरकारका अर्थ मन्त्री डा युवराज खतिवडा ज्यू'(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष ,नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर) बाट यहि फेबुअरी तेश्रो साता लण्डनमा सम्पन्न हुने एक विशेष सामुहिक लगानी संबन्धी कार्यक्रममा सहभागी भई संबोधन गर्न आउने कार्यक्रम छ।एन आर एन युकेले इतिहासमै पहिलो पटक नेपालका अर्थ मन्त्री डा. युवराज खतिवडा संग प्रत्यक्ष अन्तक्रिया गर्ने अवसर  पाएको छ। नेपालको कर प्रणाली राजस्व  संबन्धी व्यवस्था एवं एन आर एन संग जोडिएको सामुहिक लगानी एवं सरकारी निति नियम विनियम हरु यदि ए आर एन लगानी कर्ता लाई असहज भएको छ भने नेपाल सरकार को संवन्धित राजस्व वा कर विभाग बाट फेर बदल गरी सहज बनाई लगानी को लागी उपयुक्त  वातावरण  बनाउन समेत एन आर एन ले सुझाब दिन आवश्यक ठानेको  छ।

NoText

अर्को तर्फ एन आर एनहरू नेपालमा आफ्ना परिवार लाई भेट गर्न जाँदा विना नाफा मुलक तरिकाले आफ्ना परिवार जन, आमा बुबा ,काका काकी ,दिदी बहिनी, भाई भतिजा, भान्जा भान्जी ,घर छिमेकी लाई उपहार दिन विदेश बाट लगेको सामान हरु समेत नेपाल सरकारको झिटी गुण्टा आगमन संबन्धी राजस्व एवं कर संकलन व्यवस्था ले गर्दा नेपालको एअरपोर्ट वा अन्य ठाउँमा निकै सास्ती ब्यहोर्न परेको अवस्था छ वा त्यसै एअरपोर्ट मा छाडेर नेपाल निराश मन लिई छिर्नु पर्ने अवस्था सास्ती नेपाल जाँदा बेहोर्नु परेको सवैमा अवगतै छ।

समग्रमा हामी एन आर एन हरूले नेपालको आर्थिक विकाशमा कसरी टेवा दिन सक्छौ वा नेपाल सरकार के आह्वान गरिरहेको छ भन्ने समेत कुराहरूमा विशेष छलफल संवाद गरी यदि एन आर एन हरूले गरेका वा भविष्यमा गर्ने व्यक्तिगत वा सामुहिक लगानी को  लागी कर एवं राजस्व संकलन प्रणाली भित्र का अफ्ठ्याराहरु ले व्यक्तिगत वा सामुहिक लगानी गर्न असहज परिस्थिती सिर्जना भएको छ भने के के परिवर्तन गर्न आवश्यक छ भन्ने कुरामा समेत विशेष छलफल गर्न आउँदो २१ फेबुअरी साँझ सात बजे 21/02/2019,19.00 hours पश्चीम लण्डन साउथ ह्यारो गोल्डेन सिप रेस्टुरेण्ट 500 Northolt Rd, Harrow HA2 8HA मा एक विशेष कार्यक्रम राखिएको छ।उक्त कार्यक्रममा उपस्थीत भई आफ्ना सुझाब राखी दिनु हुन विनम्र अनुरोध गर्दछु।

यो कार्यक्रम ३६ लाख एन आर एन संग प्रत्यक्ष सरोकार राख्दै कर एवं राजस्व संकलन व्यवस्था संग प्रत्यक्ष जोडिएको ले जसरी पनि समय मिलाई उपस्थीत भई आफ्ना भनाई एवं सुझाबहरू राखी दिनु हरु विशेष अनुरोधका निमन्त्रणा व्यक्त गर्दछु।

आर के त्रिपाठी

महासचिव

एन आर एन युके

प्रतिक्रिया