२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

ओली सरकारबिरुद्द लण्डनमा नेपाली जनसम्पर्क समिति बेलायतको विरोध प्रदर्शन

1925 Shares
Spread the love

लण्डन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसको बेलायत शाखा नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनको अगाडि जम्मा भएर सरकारको विरोध गर्दै सरकार बिरुद्ध ज्ञापनपत्र दिए ।

नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ८ बुँदे विरोधपत्र पेश गरेको थियो ।

img-responsive

ज्ञापनपत्रमा, निर्मला पन्त हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने, ३३ किलो सुन काण्डका अभियुक्तलाई कारबाहीको दायरामा ल्याइनुपर्ने, वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको न्यायिक छानविन गर्नुपर्ने, संवैधानिक परिषदले गरेका सम्पूर्ण निर्णय तत्काल खारेजी गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुको लागि आगामी निर्वाचनमा मतदानको ग्यारेन्टीको माग गरिएको छ ।

ज्ञापनपत्रको बोधार्थ काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि दिइएको छ । प्रदर्शनमा वेलायतस्थित नेपाली कांग्रेस सर्मथक नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

सम्माननिय प्रधानमन्त्री ज्यू

नेपाल सरकार सिहदरबार, काठमाडौ, नेपाल ।

मार्फतः नेपाली दूतावास, बेलायत

बिषय: ज्ञापन पत्र

नेपालमा वि. स. २००७ र २०३६ र २०४२ र २०४६ र २०६२ र ६३ को आन्दोलन हुँदै बृहत शान्ति सम्झौता हुँदै संविधानसभाको निर्वाचन मार्फत २५० बर्ष सम्मको राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल निर्माणमा पुगेको छ । नेपालको लामो राजनैतिक संक्रमण कालको समाप्ति पछि देशमा स्थिर सरकारको गठन भए पछि जनअपेक्षा धेरै थिए । राजनैतिक स्थिरताको लागि विगतका दिनहरुमा अल्पमत बहुमत र मिलिजुली सरकारको अभ्यासबाट आजित नेपाली जनताले जनताको जीवन स्तर बलियो बनाउन आमनागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको सरकार पूर्णरुपमा विफल भएको छ ।

notext

समृद्ध नेपाल र सुखी नेपाली बनाउन दुई तिहाईको सरकारको अवसर नेपाल कम्युनिस्ट पार्टीलाई दिएको बर्तमान अबस्थामा देश झनझन गरिबी, भ्रस्टाचार हत्याहिंसा र बलात्कारबाट आक्रान्त भइरहेको छ । देशमा भैरहेको वेथिती प्रति नेपाली जनसमपर्क समिति बेलायतको ध्यानर्कषण भएको छ । देशमा बढ्दै गएको भ्रष्टचार, बेरोजगारी, महंगी, अन्यायअत्याचार प्रति समिति घोर निन्दा गर्दै समिति निम्नानुसारको माग नेपाल सरकार समक्ष पेश गर्दछ:

१. निर्मला पन्त हत्या कान्डको बारेमा तत्काल छानबिन गरि दोषी पत्ता लगाई आबस्यक कानुनी कार्बाही र पीडित पक्षलाई क्षतिपूर्तिको ब्यबस्था गर्न माग गरिन्छ ।

२. चर्चित सुन कान्डका अभियुक्तहरुलाई सरकारले नियोजित रुपमा संरक्षण दिएको प्रष्ट हुर्दै आएको छ त्यसैले सुनकाण्डका अभियुक्त माथि तत्काल कार्यवाहीको लागि अनुरोध गरिन्छ ।

३. चिकित्सा बिधेयकका संवन्धमा गोबिन्द केसीको मागलाई तत्तकाल सम्वोधन गरि उनको अनसन अन्त्य गर्न माग गरिन्छ ।

४. देशमा भएको बिभिन्न भ्रष्टचार लगायत वाइड्बडी खरिद प्रकरणमा भएको भ्रष्टचारको न्यायिक छानविन गरि दोषी माथि कार्यवाहीको माग गरिन्छ ।

५. प्रमुख प्रतिपक्षी दलको नेता नेपाली कांग्रेसका सभापति आदरणीय शेर बहादुर देउवाको अनुपस्थितमा संबैधानिक परिषदले गरेका सम्पूर्ण निर्णय तत्काल खारेजीको लागि माग गरिन्छ ।

६. नेपाली कांग्रेसका संस्थापक नेपालहरु गिरीजा प्रसाद कोइराला र शुशिल कोइरालाको नाममा स्थापना भएका अस्पतालहरुलाई तत्काल संघको माताहतमा ल्याएर थप सुधार गर्दै लैजान यो समिति जोडदार माग गर्दछ ।

७. विदेशमा रहेका नेपालीहरुको लागि आगामी निर्वाचनमा मतदानमा सहभागि गराउन सर्वोच्च अदालतले दिएको आदेशलाई तत्तकाल कार्यान्वयन गरि निर्वाचनमा विदेशबाटै मतदान गर्ने व्यवस्थाको ग्यारेन्टीको लागि माग गरिन्छ ।

८. नेपालको बर्तमान सम्बिधान निर्माण र घोषणा सङै सम्बिधानमा देखिएका केही अन्तर बिषयको सम्बन्धमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सम्बिधान जारी गर्दै गर्दा सम्सोधनको बिषय समेत सम्बोधन भएको मा नेपालको लोकतान्त्रिक गणतान्त्रिक संघीय सम्बिधान लाई सम्सोधन मार्फत सबैको स्विकार्य बनाउन समेत जोडदार माग गर्दछौ

जय नेपाल

बोधार्थ:

श्रीमान शेर बहादुर देउवा (सभापति नेपाली कांग्रेस)

नेपाली कांग्रेस केन्द्रिय कार्यालय बिपि स्मृति भबन सानेपा ललितपुर काठमाडौ, नेपा:

युबराज गुरुङ

सभापति

नेपाली जनसम्पर्क समिति बेलायत

४ फेब्रवरी २०१९

प्रतिक्रिया