२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा

3961 Shares
notext
Spread the love

लन्डन । ८ हजार मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिटेटमा पार गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल भएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दाना स्थायी घरभई हाल ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल निर्मल पुर्जाले ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारी गरेका छन् । विश्वकै अग्लो सगरमाथा सहित एकदर्जन साना–ठुला हिमालको आरोहरण गरेका पुर्जाले आफ्नो आर्कषक जागिरलाई समेत प्रवाह नगरी विश्व किर्तिमानी कायम गर्न वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने तयारी गरेका हुन् ।

उनले यसअगाडी रहेको ७ वर्ष, ११ महिना १४ दिनको कीर्तिमान तोड्नेछ ।पूर्जाको योजना पुरा गर्न प्रोजेक्ट १४र७ ‘द पावर अफ पोसिबल’ नेपालका च्यारिटी संस्थाहरु माइण्डफुलनेस च्यारिटीज् र नेपाल युथ फाउण्डेशनको सहयोगार्थ तय भएको भएको निर्मलका दाजु कमल बहादुर पुर्जाले बताए । ‘म्याग्दी जिल्लाका लागी एउटा ठूलो सफलता हुनेछ,‘यसले हरेक सफलतामा जिल्लालाई पनि जोड्ने गरेको छ’ पूर्जाले बेनीअनलाइनलाई भने । उनका अनुसार आरोहणका लागी करिब ७ लाख ५० हजार पाउण्ड आवश्यक पर्ने बताए ।

notext

आफ्नो ब्यक्तिगत लाभभन्दा पनि संसारभरी रहेका म्याग्देलीलाई समेत चिनाउने अभियान भएकाले सहयोग गर्न अनुरोध गरेका छन् । उनका अनुसार सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो गोर्खा समेत रहेका पूर्जालाई गोफण्डमी, मिसन केटु, नांगा पर्वत र ब्रोड पिक पाकिस्तानको आरोहण ले सहयोग जुटाउने अभियानमा छन् । ‘मेरो लक्ष्य पुरा भएमा नेपालीको शीर उच्च हुन्छ,‘कसैले तोड्न नसक्ने गरी किर्तिमान् राख्ने गरी मेहनत गदैंछु’ निर्मल पूर्जाले भने । आरोहरणमा कयौं विश्व कीर्तिमानी कायम गरेका पूर्जाले आरोहणको तयारीमा जुटेको बताए । उनले सगरमाथा देखि लोत्से आरोहण जम्मा दश घण्टा १५ मिनेटमै सम्पन्न गरेका थिए जसको २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु ९जो ८ हजार मिटर भन्दा अग्ला छन्० चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने पूर्जा पहिलो आरोही हुन् ।पहिलो व्यक्ति हुन् ।

सगरमाथा आरोहणको क्रममा कठ्याग्रिएर मृत्यु नजिक पुगेका एकजना भारतीय आरोहीलाई बचाएर चर्चा समेत कमाएका पूर्जाले आरोहणको क्रममा धेरै आरोहीलाई सघाएका छन् । अग्ला हिमाल चढेरै यस वर्ष ‘एमबीइ’ जस्तो साहसिक मिलिट्री अवार्ड पनि पाए । जि २०० इ गोर्खा एक्सपिडिसनमा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनले नै नेतृत्व गरेका थिए । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेको थिए ।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टेडमा कार्यरत थिए । क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो गर्ने अवसर समेत मिलेको थियो । यो अवसर पाउने पूर्जा पहिलो गोर्खा कमाण्डो हुन् । बहादुर, अनुशासित, लगनशिल र बफादारीको प्रमाणित गरेको बताउँदै एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले म्याग्देली सहित बेलायतमा रहेका नेपालीको शीर उच्च भएको बताए । पूर्जाको आरोहणमा मोना यूके लगाएतका संघसंस्थाले समेत सघाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया