आशिष तामाङ
मलेसिया– ‘संसार भरी छरिएका तामाङहरु एक हौँ, हाम्रो भाषा धर्म र संस्कृति जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ तामाङ समाज मलेसिया म्हारम्हेन्दो कलाकार संघ, तामाङ समाज पेनाङको संयुक्त कार्यक्रममा कार्यक्रम मनाउने भएको छ ।
उक्त कार्यक्रममा तामाङ कलाकार संघका अध्यक्ष संजिब वाईबा, चर्चित राष्ट्रिय कलाकार सुरेश लामा, संगितकार रचनाकार म्हेन्दोमाया, गायिका मिना थोकार, संगितकार तथा गायक प्रायास दोङ, नायिका तथा मोडेल सुस्मा मोक्तान नव गायिका सजना रुम्बाका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती दिने भएका छन् ।
बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका सम्पुर्ण तामाङहरुलाई एकताको सुत्रमा आबद्ध गराएको यस संस्थाहरुले आयोजना गर्ने ल्होछार विशेष सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी कार्यक्रम आयोजक टिमका संयोजक फुर्ब दोर्जे मोक्तानले दिएका छन् ।
कार्यक्रम मंगलबार बिहान १० बजे मलेसियाको क्वालालम्पुर स्थित एरिना होटलमा हुने समेत उनले जानकारी दिएका हुन् ।