२०८१, १८ कार्तिक आईतवार
×

ट्रेन्डिङ

हजारौँ सैनिक मारिएका थिए महाभारत युद्धमा, एउटा शव भेटिएन किन ?

4155 Shares

महाभारत युद्धमा धेरै शूरवीरहरुले आफ्नो प्राणको आहुती दिएका थिए । यो एक युद्ध थियो, जसमा कुरुक्षेत्रको धरती रगतले रंगाएको थियो । यति धेरै रगत बगेको थियो, आज पनि त्यहाँको माटो रातो छ भनिन्छ । यदि यो सत्य हो भने ति हजारौँ योद्धाको शव कहाँ गयो ? उनिहरुको अन्तिम संस्कार कसरी भयो ? भन्ने प्रश्न उठ्छ ।महाभारतको युद्ध दिन ढलेपछि रोक्ने गरिन्थ्यो ।

कुरुक्षेत्रको युद्धमा मारिएका सैनिकहरु तथा योद्धाहरुको शवलाई सायद अन्तिम संस्कार गरिन्थ्यो वा उनीहरुको आफन्त तथा परिवारलाई जिम्मा दिइन्थ्यो । किनकि, त्यो समय अहिले जस्तो शवलाई वेवास्था गरिँदैन थियो ।

कुरुक्षेत्रको पौराणिक इतिहासको विस्तृत अध्ययन गरेका एक इतिहासकारको भनाई छ, ‘जब भीष्म पितामहले आफ्नो अन्तिम श्वास लिए, त्यही दिन युद्ध समाप्त भएको थियो । त्यसपछि कुरुक्षेत्रको भूमिलाई जलाइएको थियो । यस्तो यस कारण गरियो, ताकि प्रत्येक मृत योद्धालाई स्वर्गमा ठाउँ मिलोस र उनीहरुको शव शुद्धिकरण होस् ।

प्रतिक्रिया