२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

मुस्लिम नागरिकलार्इ अमेरिका प्रवेशमा कडाई गर्ने ट्रम्पकाे निर्णय सदर

1018 Shares
Spread the love

वासिंटन – अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयकाे सदर गरेको छ ।

मुस्लिम वाहुल्य ६ वटा देशसहित विभिन्न आठ देशका यात्रुविरुद्ध राष्ट्रपतिले लगाएको प्रतिबन्ध सर्वोच्च अदालतको फैसलाले सदर गरेको हो ।सर्वोच्च अदालतका ९ जना न्यायाधीशको इजलासमा सुनुवाई भएकोमा राष्ट्रपति ट्रम्पले गरेको निर्णयका पक्षमा ५ जना न्यायाधीश देखिएका थिए ।यसलाई ट्रम्पको सबैभन्दा ठूलाे उपलब्धी मानिएकाे छ ।

अदालतको फैसलामा राष्ट्रपतिले लागू गर्न खोजको यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवासन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन नभएको समेत बताइएकाे छ।

पाँच जना न्यायाधीशहरुको समर्थनमा अाफ्नाे पक्षमा फैसला भएपछि ट्रम्पले खुसी व्यक्त गरेका छन् ।उनले  मुलुकमा अातंकवादी गतिविधी बढेकाे भन्दै  सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए।

प्रतिक्रिया