२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

आर्यन सिग्देलको पछिल्लो चलचित्रमाथि चोरीको आरोप, के भन्छन् आर्यन ?

2116 Shares
Spread the love

काठमाडौं । नेपाली चलचित्र कायराको ट्रेलर सार्वजनिक भएको छ। अभिनेता आर्यन सिग्देलले निर्माण गरेको उक्त चलचित्रमा आर्यन संगै साम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनय गरेकी छिन्।

ट्रेलर सार्वजनिक भएपछि आर्यनलाई डाइलग चोरेको आरोप लागेको छ। चर्चित लेखक सुविन भट्टराईले आफ्नो स्टाटसलाई हुबहु रुपमा आर्यनले डाइलगको रुपमा भनेको आरोप लगाएका छन्।

उनले त्यो स्टाटस आफूले केही महिना अगाडी लेखेको समेत बताएका छन्। सुविन भट्टराईले सामाजिक संजालको पोस्ट मार्फत नै आक्रोश व्यक्त गरेका हुन्।

चोरीको आरोप लागेपछि निर्माता तथा अभिनेता आर्यन सिग्देलले मुख खोलेका छन्।

उनले डाइलग कसैको स्टाटससंग मिल्नु सामान्य कुरा रहेको बताउंदै सुविन भट्टराइको पोस्टको कुनै तुक नभएको उल्लेख गरेका छन्।

प्रतिक्रिया