0
Shares
काठमाडौं। पूर्वमिस नेपाल उषा खड्की का पूर्वपति जीपी तिमल्सिना मंगलबार बिहान पक्राउ परेका छन्।
उषा खड्कीले आफूमाथि अभद्र व्यवहार भएको आरोप लगाउँदै सोमबार भक्तपुर प्रहरी परिसर मा उजुरी दिएपछि प्रहरीले तिमल्सिनालाई नियन्त्रणमा लिएको हो। प्रहरी परिसरका सूचना अधिकारीले पक्राउको पुष्टि गरेका छन्।
यसअघि गत चैत १७ गते सामाजिक सञ्जालमार्फत उषाले आफ्नो सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै नयाँ सरकारसँग न्यायको अपेक्षा गरेको उल्लेख गरेकी थिइन्।
उषा र तिमल्सिनाबीच २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालत मा सम्बन्धविच्छेद भइसकेको थियो।