काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा आज ग्रुप सी र डीका अन्तिम चरणका खेलहरु हुँदैछन् । तर आज ग्रुप डीका दुइ खेललाई निकैनै महत्वका साथ हेरिएको छ ।
विश्व फुटबलका स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिना विश्वकपको अन्तिम क्षणमा आइपुगेकाले विश्वको ध्यान यसतर्फ केन्द्रित भएको हो । अर्जेन्टिना र नाइजेरियाबीचको खेल नेपाली समयअनुसार राति पौने १२ बजे रुसमा सुर हुनेछ ।
अर्जेन्टिना भाग्यवश यस खेलसम्म आइपुगेको हो । किनभने अर्जेन्टिनी टोली नाइजेरिया र आइसल्याण्डकै खेलबाट घर फर्कनुपर्ने अवस्थामा थियो । तर नाइजेरियाले आइसल्याण्डलाई पराजत गरेपछि भने अर्जेन्टिनी टोली समुह चरणको खेलमा अहिलेसम्म अटाएको हो ।
यदि त्यसबेला नाइजेरिया आइसल्याण्डसँग पराजित भएको भए अर्जेन्टिनी खेल सायदै रुचाइदैन थियो । यस खेल मात्र प्रतिष्ठाका लागि हुने थियो ।
ग्रुप डीमा लुका मोड्रेच र इभान राकिटिकको टोली क्रोएसिया समुहको लिडर हो । क्रोएसियामात्र अहिलेसम्म ग्रुप डीमा नकआउटका लागि छनौट भएको छ । क्रोएसियाले आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० ले पारजितगर्दा दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० ले पराजित गर्यो ।
यस्तै ३ अंक सहित दोस्रो स्थानको नाइजेरिया पहिलो खेलमा क्रोएसियासँग पराजितहुँदा दोस्रो खेलमा आइसल्याण्डलाई उसले २–० ले पराजित गर्न सफल भयो । तेस्रो स्थानको आइसल्याण्डको प्रतियोगितामा एक अंक छ ।
उसले पहिलो खेलमा अर्जेन्टिनासँग एक–एकको बराबरी खेल्दा नाइजेरियासँग पराजित भयो । चौथौं स्थानको अर्जेन्टिनाको पनि एक अंक छ । अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिँदा उसले क्रोएसियासँग हार व्यहोर्यो ।
यसरी अंक तालिका हेर्दा आजको प्रतिस्पर्धा अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरियाबीच हुँदैछ । विश्वका सुपर स्टार कहलिएका मेस्सीलाई आज हुने खेल अन्तिम अवसर हो । आज अर्जेन्टिनाले जसरीपनि जित्नैपर्ने दवाव छ ।
यदि खेल हारे अर्जेन्टिना समुह चरणबाटै बाहिरिने छ । अर्जेन्टिना समुह चरणमा जानका लागि आज एकमात्र अवस्था छ । अर्जेन्टिनाले नाइजेरियालाई पराजितगर्दा अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई जित्नैपर्ने हुन्छ ।
तर खेलमा आइसल्याण्डले क्रोएसियालाई पराजित गरे वा नाइजेरियालाई अर्जेन्टिनालाई पराजित गरे । अर्जेन्टिनी विश्वकप सपना चक्नाचुर हुनेछ । आज अर्जेन्टिनाले बराबरी खेलेर समेत हुँदैन । नकआउट चरणमा छनौट हुन मेस्सीको टोली अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नुको अन्य विकल्प छैन ।