२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

कसरी भए सशस्त्रका इन्जिनियर स्टाफ कलेजको हाकिम ?

2165 Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले कोषराज वन्तकै अनुशरण गर्दै इन्जीनीयरलाई महत्वपूर्ण ठाउँ दिएर फेरि गाइजात्रा सुरु गरेको चर्चा छ । २०७५ असार १ गते गरेको एसएसपीको सरुवामा इन्जीनीयर किशोर प्रधानलाई उनले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)को प्रमुखमा सरुवा गरेका छन् । प्राविधिक एसएसपी प्रधानलाई स्टाफ कलेजको बारेमा कुनै जानकारी नै नभएको स्रोत बताउँछ ।

स्टाफ कलेज भनेको विश्वविद्यालयसंग समन्वय गर्ने, बौद्धिक ब्यक्तिहरूसंग सम्पर्क गरी पढाउने ठाउँ हो । सेनाले दिन नखोज्दा नखोज्दै सनत बस्नेतले निकै जोडबल गरेर सशस्त्रमा स्टाफ कलेज सुरु गरेका हुन् ।

स्टाफ कलेज जस्तो बौद्धिक काम गर्ने ठाउँमा यसअघि गणेश ठाडा मगर थिए । उनी पढालिखा नै मानिन्थे । सेनाका जर्नेलहरूसंग समन्वय गर्ने ठाउँमा स्टाफ कलेजबारे केही थाहै नभएका प्रधानलाई सरुवा गरिएकोमा आश्चर्य मानिएको छ ।

पूर्वआइजीपी वन्तले प्रधानलाई कार्यदलको एसपीमा सरुवा गर्दा पनि विवाद भएको थियो । कार्यदलमा प्रधानलाई सरुवा गरिएपछि असन्तुष्टि ब्यक्त गर्दै प्राविधिकसंग काम गर्न सक्दैनौं भन्दै तीन दिनसम्म खाना नै नखाएर बिरोध गरेका थिए । कार्यदलमा उनीभन्दा अघि कहिल्यै पनि प्राविधिक सरुवा भएका थिएनन् ।

यसअघि आइजीपी खनालले निलबाराही गण, पकली गणदेखि ककनीमा विभिन्न काण्डमा परेका एसएसपी नारायणदत्त पौडेललाई उपत्यका सुरक्षा कार्यालय(इन्ट)मा सरुवा गरेपछि आलोचित बनेका थिए । जहाँ बजेट पनि कूस्त छ भने काम पनि केही गर्नुपर्दैन ।

पोशाकसमेत लगाउनुननपर्ने उपत्यका सुरक्षा कार्यालयमा सरुवा गरेका खनालले एकातिर कुन नेताकोमा को को जान्छ त्यसको गुप्त सूचना लिने र अर्को पौडेललाई नेताहरूको घरघरमा चाकरी गरी बढुवामा लबिङ गर्नका लागि सहज पार्नका लागि गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया