२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

चीनसँग भएका सम्झौता, प्रधानमन्त्रीले संसदमा बताए सबै विवरण

1312 Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीन भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्। यही असार ५ देखि १० गते सम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रममणका क्रममा भएका दुईपक्षीय सम्झौता लगायत विषयमा प्रधानमन्त्री ओलीले संघीय संसदलाई जानकारी गराएका हुन्। उनले चीन भ्रमण सोचे भन्दा बढी उपलब्धिमुलक रहेको बताए। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले चीनको ६ दिने औपचारिक भ्रमणका बारेमा बाहिर विभिन्न ढंगले गरिएका टिका टिप्पणी र अनुमानले अन्यौल श्रृजना गरेको हुन सक्ने भन्दै आफूले यथार्थ सदन समक्ष राख्न जरुरी ठानेको बताए।

सडक सुरक्षाका बारेमा बहुआयामिक सम्पर्क सञ्जाल भित्र रेलवे, सडक बन्दरगाह र संञ्चार लगायत क्षेत्रमा सहयोग अघि बढाउने विषयमा सहमति भएको तथा दुई देशबीचको सम्बन्धको विस्तारमा आगामी दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ती पनि जारी भएको उनले जानकारी दिए। रेलवे कनेक्टिभिटी सहयोग सम्बन्धी समझदारी सबै भन्दा भमहत्वपुर्ण रहेको बताएका छन्। यसको कार्यान्वयनबाट केरुङ, रसुवागढी काठमाण्डौ रेलमार्ग विकासका लागि चिनियाँ अनुदानमा पूर्व संभाव्यता अध्ययन सिघ्र सम्पन्न भई सहयोग सम्बन्धी कार्य अघि बढ्ने र यसले काठमाडौँ पोखरा लुम्बिनी रेलमार्गको आधार तयार हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे।

नेपालको पुर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा पनि चिनिया नेतृत्व संग सकारात्मक कुराकानी भएको र दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न स्थल यातायातका पुर्वाधार सुदृढ गर्न तथा उत्तर दक्षिण जोड्ने यातायात सञ्जाललाई थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको छ।

यसका लागि कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर, कर्णाली आर्थिक करिडोर विकासका लागि संभाव्य सहयोग उपलब्ध गराउने बारे थप अध्ययन गर्ने सहमति भएको छ। सिधा हवाई सेवा सञ्चालनका लागि दुवै मुलुकले आआफ्ना देशका एयरलायन्स कम्पनीलाई अभिप्रेरित गर्न पनि सहमति भएको छ।

सिमावारपार प्रशारण लाई निर्माणका सम्बन्धमा केरुङ रसुवागढी गल्छी रातामाटे ४०० केवि प्रशारण लाईनको संभाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र चिनिया स्ट्रेट ग्रिड कर्पोरेशनबीच हस्ताक्षर भएको छ। नेपाल र चीनबीच पारवहन यातायात सम्झौताको सिघ्र कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा टुंगो लगाउने सहमति पनि भएको छ।

तातोपानी खासा नाका सन् २०१९ को मे महिना सम्ममा संञ्चालन गर्ने र रसुवागढी केरुङ नाकालाई सुव्यवस्थ्यि संञ्चालन गर्न आवश्यक पुर्वाधार निर्माण तथा मर्मत गर्न दुवै पक्ष सहमत भएको जानकारी प्रधानमन्त्रीले गराए। तेल तथा ग्यासको अन्वेषण को संभाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन पनि चिनिया पक्ष सकारात्मक रहेको छ।

नेपालको मानवस्रोत विकाशका लागि तालिम तथा छात्रावृद्धिको संख्या बढाउन चीन सकारात्मक देखिएको छ। प्रधानमन्त्रीले राष्ट्रपतिको तर्फबाट चीनिया राष्ट्रपतिलाई र आफुले समकक्षी चीनीया प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको र चीनको नेतृत्वबाट चाडै नै नेपालको भ्रमण हुने विश्वास आफुले लिएको बताए।

प्रधानमन्त्री ओली वर्तमान सरकारले छिमेकीहरुसंग सम्बन्ध सुधारेको बताए। दुईपक्षी समझदारी र साझेदारीको वातावरण तयार पार्न सरकार सफल भएको भन्दै उनले एउटाको विरुद्ध अर्कोलाई उचाल्ने गरि तात्किालिक हितका लागि गैह जिम्मेवारी ढंगले प्रस्तुत नहुने विश्वास दिलाए।

सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बढुले चिनसंग ट्रान्जिट ट्रान्सपोर्ट एक्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन भनी प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आउदो जुलाईमा प्रोटोकल तयार हुने र हस्ताक्षर पनि हुने बताए। प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा रेलवे, उर्जा लगायत विषयमा सरकारी १३ वटा र निजी ९ वटा गरि जम्मा २२ वटा सहमति भएको स्पष्ट पारे।

उनले भ्रमणका क्रममा नेपाल र चीन पुराना मित्र देशबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, विगतका सम्झौता र सहमतिको कार्यान्वयनको ढाँचा परिर्वतन गर्ने, निर्वाचन पछि नयाँ जनादेश अनुसार गठन भएको सरकारको राष्ट्रिय एजेण्डा हासिल गर्नका लागि सहयोग तथा सहकार्य अघि बढाउने सम्बन्धमा चीन सरकार सकारात्मक रहेको बताए। भ्रमणमा चीनिया नेतृत्वबाट सम्वृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने आशाको साथै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको प्रधानमन्त्रीले जानकारी गराए। भ्रमणका क्रममा आफुले राष्ट्रपति, प्रधानमन्त्री, चीनिया राष्ट्रिय जनकाँग्रेसका अध्यक्षसंग , तिब्बत जनसरकारका प्रमुख अध्यक्ष लगायत संग भेट गरेको बताए।

प्रतिक्रिया