२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

पहिरो पन्छाएको पैसा नपाएको भन्दै ठेकेदारले ढिलाइ गर्दा सडक खुलेन

2851 Shares
Spread the love

काठमाडौं । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै सुरूमा पहिरो पन्छाउन नमानेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५ :३० बजे खसेको पहिरो ८:३० बजेदेखि मात्र पन्छाउन थालिएको थियो।

सुरूमा एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो पन्छाउन सुरू गरे पनि पछि आयोजनाको दबाबसँगै ठेकेदार कम्पनीले थप एक एक्साभेटर र एक लोडर प्रयोग गरेर पहिरो पन्छाइरहेको आयोजनाले जनाएको छ। बिसुरालले ठेकेदार कम्पनीले पेस गरेको कागजपत्र नमिलेका कारण भुक्तानीमा ढिलाइ भएको भन्दै कामको भुक्तानी हुने बताए।

यस वर्षकै सबैभन्दा ठूलो पहिरो आज टोपेखोलामा खसेको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार पहिरोले सडकको ३० मिटर भाग पुरै ढाकेर नदीसम्म खसेको छ। दिउँसो १ बजेसम्ममा पहिरो पन्छाउने गरी काम भइरहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया