२०८३, ४ आश्विन आईतवार
×

ट्रेन्डिङ

आज अर्जेन्टीना नाइजेरियासँग भिड्दै, यस्तो छ खेल तालिका

1629 Shares
Spread the love

काठमाडौँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज सोमबार ४ खेलमा ८ टोली भिड्दैछन्।

बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा समुह सी मा रहेका अस्ट्रेलिया र पेरु भिड्दै छन् भने त्यही समयमै उक्त समुह चरणमा रहेको डेनमार्क र फ्रान्स भिड्दै छन्।

त्यस्तै राति पौने १२ बजेदेखि समुह डी चरणमा रहेका ४ टोली भिड्दै छन्। पौने १२ बजे नाइजेरिया र अर्जेन्टीनाबीच खेल हुनेछ भने त्यही समयमै आइसल्याड र क्रोएसिया भिड्दै छन्।

समुह डी मा रहेका नाइजेरिया र अर्जेन्टीनाका लागि यो खेल गर वा मर जस्तै हो। नाइजेरियाले यो म्याच जितेर प्री क्वार्टर फाइनलमा आफ्नो स्थान पक्का गर्न सक्छ भने त्यही अन्तिम १६ मा पुग्नका लागि अर्जेन्टीनालाई खेल जित्नै पर्ने दबाब छ।

विश्वकपमा दुबै टिमको ५ औँ भिड्न्त हो। दुई दुई खेल एकै समयमा हुने हुँदा खेलप्रेमीलाई खेल हेर्न समस्या देखिनेछ।

 

प्रतिक्रिया