काठमाण्डौं । अन्तत : स्पेन र पोर्चुगल विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । प्रतिस्पर्धात्मक खेलमा पोर्चुगले इरानसँँग १–१ को बराबरी खेल्योभने स्पेनले मोरोक्कोसँग २–२ को बराबरी खेल्यो ।
बराबरी खेलेसँगै दुवै टोली प्रि–क्वाटर फाइनलमा पुग्न सफल भएका हुन् । यदी स्पेन हारेको भए उसको विश्वकपको सपना अधुरो हुने थियो । अर्कोतर्फ पोर्चुगलले खेल हारेको भए उसको विश्वकपको सपना अधुरो हुने निश्चित थियो ।
समुह बीको खेलसँगै स्पेन र पोर्चुगल समान ५–५ अंक सहित शिर्ष दुई स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेका हुन् । इरानभने ४ अंक सहित ग्रुपबीको तेस्रो बन्यो । मारोक्को यसअघिनै समुहको पुछारमा थियो ।

हारेको खेलमा स्पेन फर्कियो
स्पेन सोमबार राति हारेर बचेको टोली हो । खेलको निर्धारित समयसम्म मोरोक्कोसँग २–१ ले पछि परेको अवस्था उल्टाउँदै स्पेनले बराबरी गोल फर्काएपछि खेल बराबरीमा टुंगीएको हो ।
खेलमा सुरुवाती अग्रता मोरोक्कोले लिएको थियो । खेलको १४ औं मिनेटमा मोरोक्कोका खालिद बाउटेबले सुरुवाती गोल गरेका थिए तर १९ औं मिनेटमा मड्रिड लयमा फर्कियो । इस्कोले आन्दे्र इनियस्टाको पासमा गोल गरेका थिए ।
पहिलो हाफ एक–एकको बराबरी भएको खेलमा खेलको ८१ औं मिनेटमा पुनः मोरोक्कोले २–१ कोे अग्रता लियो । त्यसपछिभने स्पेनले खेल हार्ने लगभग निश्चितजस्तै भइसकेको थियो । किनभने अर्को खेलमा पोर्चुगल र इरानले एक–एकको बराबरी खेलिसकेका थिए ।
तर हारको अवस्थालाई चिर्दै स्पेनले खेलमा दोस्रो गोल थप्दै मोरोक्कोसँग बराबरी खेले । ६ मिनेट थप गरिएको पहिलो मिनेटमै स्पेनले इयागो आसपासको गोलबाट बराबरी गोल फर्कायो । यस बराबरीसँगै स्पेन हारबाट जोगिएको हो ।
स्पेन समुह बीमा ५ अंक जोड्दै ग्रुप विजेताबन्दै नकआउट चरणमा प्रवेश गरेको छ । पोर्चुगलको पनि समान ५ अंक छ । उ दोस्रो स्थानमै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको इरान तेस्रो र १ अंक जोडेको मोरोक्को अन्तिम स्थानमा रहे । अन्तिम दुई टोलीभने यसअघिनै विश्वकपबाट बाहिरिएका टोली हुन् ।

पोर्चुगलको प्रतिस्पर्धात्मक खेल, झण्डै हार उपाहार
समुह बीकै अर्को खेलमा पोर्चुगल र इरानबीच प्रतिस्पर्धात्मक खेल भएको थियो । पोर्चुगलले खेलमा मात्र एक गोल गर्यो । सोहि गोलले पोर्चुगललाई विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने मौका समेत प्रदान गर्यो ।
पोर्चुगलले पहिलो हाफको अतिरिक्त समयमा एक गोलगर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । रिकार्डो क्वारेस्माको गोलले खेलको अन्तिम समयसम्मपनि पोर्चुगलले इरानलाई दबाबमा राख्न सफल भएको थियो ।
तर जब खेलमा ६ मिनेटको अतिरिक्त समय थप भयो तब इरानले खेल उल्टाउँदै खेलमा एक गोल गर्न सफल भयो । भिएआरको सहायताले पोर्चुगिज खेलाडीको ह्यान्ड बलमा पेनाल्टि दिइएको थियो ।
त्यस अवसरमा करिम आन्सरिफिल्डले पेनाल्टिमा गोल गरेका थिए । बराबरी अवस्थाको खेलमा इरानले कैंयौ अवसर गुमाउन पुग्यो । यदि खेलमा हारेको भए पोर्चुगल घर फर्कन बाध्य हुने थियो ।

रोनाल्डोको पेनाल्टी इरानी गोल रक्षकले रोकिदिए
यस प्रतिस्पर्धामा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो पेनाल्टिबाट गोल गर्नबाट चुकेका थिए । दोस्रो हाफको खेल जारीरहँदा इरानविरुद्ध दोस्रो गोल गर्ने मौका रोनाल्डोले गुमाएका थिए ।
खेलको ५०औं मिनेटमा इरानका खेलाडीले रोनाल्डोलाई डिबक्सभित्र लडाएपछि रोनाल्डोले पेनाल्टिको अवसर पाएको थियो । तर रोनाल्डोको प्रहार इरानका गोल रक्षक एलिरेजा बेरानभान्डले सोझै रोकिदिए ।
यससँगै रोनाल्डो प्रतियोगिताको पाँचौ गोलगर्न चुक्दा इरानसँगको खेलको निर्णायक घडि अन्तिम समयसम्म कुर्नु परेको थियो । समग्रमा इरान र मोरोक्कोले फुटबलका महारथि स्पेन र पोर्चुगललाई कडा टक्कर दिएका थिए ।
.jpg)