२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

गृहमन्त्री बादल ट्राफिक जाममा परेपछि…

4260 Shares

काठमाडाैं । सोमबार तोकिएको समयमै सबै जना सांसदहरु संघीय संसद भवन पुगिसकेका थिए । ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्राय जसो सांसद र मन्त्रीहरु आइसकेका थिए कोही आउने क्रममै थिए । केही समय ढिलो गरी संसद जाने तयारी रहेका गृहमन्त्री रामबहादुर थापा बादलको संसद बैठकमा ठुलै खोजी भयो ।

यो कुरा विपक्षी दलका सांसदहरुलाई बढी महत्वपूर्ण भयो । र उनीहरुले सभामुख कृष्णबहादुर महरासँग प्वाक्क भनिहाले, ‘गृहमन्त्री रामबहादुर बादल खोई ?’ सभामुखले जवाफ नफर्काइ धरै पाएनन् । उनलाई गृहमन्त्रीले ढिला गरी आउने जानकारी गराएनन् कि कसो उनले जवाफ दिने गतिलो उपाए रचीहाले, ‘आउँदै हुनुहुन्छ, ट्राफिक जाममा पर्नुभएको छ ।’
सभामुखको उत्तर सुनेर सत्तापक्ष र प्रतिपक्षका सांसदहरु गलल हाँसे ।

बहालवाला गृहमन्त्रीसँग सिंगो प्रहरी प्रशासनको कमाण्ड हुन्छ । उनी यताउता जाँदा पहिले नै सूचना हुन्छ, ‘गृहमन्त्रीज्यूको सवारी हुँदैछ’ भनेर । गृहमन्त्री आएपछि जाम भएको बाटो पनि हतार हतार खुलाइन्छ । सभामुख आफू पनि त्यही समस्यमा परेर उक्त जुक्ति निकालेर प्रतिपक्षका सांसदलाई भुलाउन खोज्ने दाउमा भए पनि उनी आफैं हाँसोको पात्र बने । सांसदलाई ठग्नै पर्ने भए कुनै पूर्वनिर्धारित कार्यक्रममा व्यस्त हुनुभयो एकैछिनमा आउनुहुन्छ भन्न पनि सक्थे । यहाँनेर सभामुख र गृहमन्त्रीच त्यत्तिधेरै सम्पर्क नभएको भन्ने भान सांसदहरुले गर्न पाए ।

सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको भन्दै आसनग्रहण गर्न अनुरोध गरे तर, कांग्रेसका सांसदहरुले मानेनन् । सो क्रममा केहीबेर सभामुख र प्रतिपक्षी दलका सांसदबीच दोहोरो बहस भएको थियो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा गृहलगायत मन्त्रालयका लागि विनियोजित बजेटमा छलफल चलिरहेको थियो । तर गृहमन्त्री नै उपस्थित नभएको बैठकमा गृहमन्त्रालयमाथि छलफलको औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठएको थियो । प्रतिपक्षले गृहमन्त्री उपस्थित नभएको भन्दै संसद अवरुद्धसमेत पारेका थिए । प्रतिपक्षको मागपछि गृहमन्त्री बादल संसद भवन छिरेका थिए ।

प्रतिक्रिया