2278
Shares
झापा । नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् । भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियाली नक्कली लाइसेन्ससहित पक्राउ परेका हुन् ।
नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले दियालीको साथबाट नेपाली लाइसेन्स समेत भेट्टाएका थिए।
कोइरालाका अनुसार उनको साथबाट ०२–२२४७६ नेपाली र डब्लूबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद भएको छ ।
दियालीमाथि सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, झापाबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ । उनलाई यसअघि पनि प्रहरीले मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको थियो ।