२०८२, २९ माघ बुधबार
×

ट्रेन्डिङ

‘द भ्वाइस अफ नेपाल २’ को डिजिटल अडिसन सुरु हुँदै

10777 Shares
Spread the love

नेपाली सांगेतिक क्षेत्रमा अहिलेसम्मकै चर्चित बनेको सिंगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन २ सुरु हुदैँछ । भर्खरै मात्र आफनो पहिलो सिजन चर्चा र सफलताका साथ सम्पन्न गरेको आयोजकले पुन दोस्रो सिजन सुरु गर्न लागेको हो । दर्शकहरुले अत्याधिक रुचाएपछि दोस्रो सिजन सुरु गर्न लागेको आयोजकले जनाएको छ । अब छिट्टै ‘द भ्वाइस अफ नेपाल’ २ को डिजिटल अडिसन सुरु हुँदैछ ।

रेकर्ड गरेर पठाएको भ्वाइस राम्रो भएमा ब्लाइन्ड अडिसनको लागि बोलाइनेछ ।देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने सबै प्रतिभाको सहज पहुँच होस भनेर भ्वास अफ नेपालले डिजिटल अडिसन लिँदै आएको छ । हालै कतार भव्य फाईनलसमेत गरेको ‘द भ्वाइस अफ नेपाल’ को पहिलो बिजेता भने पोखराका सिडी विजय अधिकारी भईसकेका छन् ।

प्रतिक्रिया