२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

कायराको ट्रेलरमा साम्राज्ञी र आर्यनको किस सिन (ट्रेलर सहित)

2060 Shares

श्रावण १८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको फिल्म कायराको ट्रेलर सार्वजनिक भएको छ । रोमान्स र बिछोडले भरिएको फिल्मको उक्त ट्रेलरमा साम्राज्ञी र आर्यनलाई फिचर गरिएका छन् । फिल्म युनिटले काठमाडौंको क्युज सिनेमामा आइतबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टेलर सार्वजनिक गरेका हुन् ।

फिल्ममा कोशिश क्षेत्री, कल्याण सिंह, र अर्जुन पोखरेलको संगीत, आर्यन सिग्देल, कोशिस क्षेत्री, नरेश भट्टराई र अर्जुन पोखरेलको शब्द , सुगम पोखरेल, श्रेया सोटाङ्ग, युवराज चौँलागाई,केतान क्षेत्रीको स्वर र प्रविन सिहंको कोरियोग्राफी रहेको छ ।

म्युजिकल लभस्टोरी जनराको उक्त फिल्ममा निर्देशक लक्ष्मण रिजालको निर्देशन, शिवराम श्रेष्ठको छाँयाङ्कन र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मका निर्माता निर्देशक लक्ष्मण रिजाल आफै हुन् भने दिनेश थापा र दिवश पराजुली फिल्मका सह निर्माता हुन् ।

आर्यन सिग्देल र आर एण्ड आरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, आर्यन सिग्देल, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

https://youtu.be/eyUCQpNYLqA

 

प्रतिक्रिया