२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

४० लाख ठगीको आरोप लागेकी बलिउड अभिनेत्रीले खोलिन मुख

1913 Shares
Spread the love

एजेन्सी । बलिउड अभिनेत्री सुरवीन चावला, उनका पति अक्षय ठक्कर र भाइ मनविन्दर सिंह चावलामाथि एक निर्माताले ४० लाख ठगी गरेको आरोप लगाएका थिए। आरापपछि तीन जना विरुद्ध ४२१ अन्तगर्त धोकाबाजीको आरोपमा मुद्दा दर्ता गरिएको थियो।

होथियारपुरका एक निर्माता सतपाल गुप्ताले गत मे मा उनीहरुमाथि ठगीको आरोप लगाएका थिए। उनले भनेका छन्, तीन जनाले आफूलाई चलचित्र नील बट्टे सन्नाटामा ४० लाख रुपैयाँ  लगाउन भनेका थिए। र त्यसको सट्टामा त्यसको दुई गुणा दिने बचन दिएका थिए। तर पछि उनीहरुले पैसा दिन अस्वीकार गरिदिए। त्यसपछि अभिनेत्री सुरवीन र उनका पतिले सम्झौता खारेज गरिदिए।

यसै विषयमा ठगीको आरोप लगाएका निर्मालाई सुरवीनले जवाफ दिदै भनेकी छन्, मलाई लाग्छ, यो पटक यो मुद्दा अदालतसम्म पुग्यो भने उनले निर्णय गर्न ठिक हुनेछ। सत्यता के हो त्यो समयसँगै सार्वजनिक हुनेछ। मलाई यो विषयमा यो बाहेक अरु केही बोल्नु छैन्।

स्वरा भास्करले अभिनय गरेको चलचित्र नील बट्टे सन्नाटा जनवरी २२, २०१६ मा प्रदर्शन भएको थियो।

प्रतिक्रिया