२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

टर्कीको राष्ट्रपतिमा अर्दोगानले जिते दोस्रो कार्यकाल पनि

1784 Shares

काठमाडौं ।  रिसेप तैयेप अर्दोगान टर्कीको राष्ट्रपतिमा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमै अर्दोगानले ५२.५ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३०.७ प्रतिशत मत मात्र प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

चार जना उम्मेदवारमध्ये डेमिराट्सले ८.३ तथा एक्सेनेरले ७.४ प्रतिशत मत ल्याए ।

अर्दोगानले आफ्नो पार्टी एके पार्टीको शासकीय गठबन्धनले संसदमा समेत बहुमत सुरक्षित गरेको दाबी गरेका छन् ।

तर विपक्षीले उनको दाबी गलत भएको बताएको छ । विपक्षीले अबको सरकार झनै बढी तानाशाही हुने दाबीसमेत गरेको छ ।

निर्वाचनमा विजयी भएपछि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप अर्दोगानले खेप्दै आएका छन् ।

उनको सत्ता अब पाँच वर्ष थप लम्बिएको छ ।

Supporters celebrate outside the AK party headquarters on June 24, 2018 in Istanbul, Turkey

Muharrem Ince greets people after casting his ballot at a polling station during the parliamentary and presidential elections, in Yalova (June 24, 2018)

प्रतिक्रिया