२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

सनी लियोनी अस्पताल भर्ना

3135 Shares
Spread the love

एजेन्सी । पोर्न स्टारबाट बलिउड क्षेत्रमा आएकी सनी लियोनी अस्पताल भर्ना भएकी छन्। उनलाई पेटको दुखाईका कारण अस्पताल भर्ना गर्नु परेको हो।

उनलाई उत्तराखण्डको उधम सिंह जिल्लास्थित बृजेश अस्पतालमा भर्ना गरिएको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सनी उत्तराखण्डमा रियालिटी शो को छायांकनका लागि त्यहाँ पुगेकी थिइन्।

उनलाई सकेसम्म आज डिस्चार्ज गर्ने प्रयास गरिएको चिकित्सले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी पेटको दुखाईका कारण अस्पताल भर्ना भएकी हुन्। उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

प्रतिक्रिया