२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

विश्वकप फुटबल : आज ८ टोली भिड्दै, एकै समयमा ४ टोलीको खेल

4287 Shares

एजेन्सी । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज ४ खेलमा ८ टोली भिड्दै छन्।

बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो २ खेलमा ४ टोली भिड्दै छन्। पौने ८ बजे रुस र उरुग्वेबीच खेल हुँदैछ भने त्यही समयमा साउदी अरेबीया र इजिप्ट भिड्दैछन्।

त्यस्तै राति पौने १२ बजेदेखि सुरु हुने दुई खेल पनि एउटै समयमा परेका छन्। पौने १२ बजे स्पेन र मोरक्को भिड्दै छन् भने त्यही समयमा पोर्चुगल र इरान खेल्दैछन्।

एउटै ग्रुपमा रहेको एक टोलीको नतिजा अर्को टोलीले थाहा नपाउन भन्ने उद्देश्यले एकै समयमा दुई दुई खेलको आयोजना हुने गर्दछ। ए ग्रुपमा रुस, उरुग्वे साउदी अरेबीया, इजिप्ट छन्। ती सबैको खेल एउटै समयमा हुनेछ।

त्यस्तै बी ग्रुपमा रहेका स्पेन, मोरक्को, पोर्चुगल र इरान छन्। यी सबैको खेल पनि एउटै समयमा हुनेछ।

एकै समयमा दुई दुई खेल हुने हुँदा फुटबल प्रेमीलाई खेल हेर्न निकै समस्या हुनेछ।

 

प्रतिक्रिया