२०८३, १५ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

0 Shares
Spread the love

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।

धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

उनी रघुनाथपुरस्थित फुपूको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए ।

स्थानीयले गडेरीको हत्या भएको खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया