२०८३, १८ असार बिहीबार
×

ट्रेन्डिङ

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि…

0 Shares
Spread the love

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कारबाहीस्वरूप पाँच सय रुपैयाँ जरिवाना तिराइएको हो।

ट्राफिक प्रहरी प्रमुख रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवास पुगेर नियमअनुसार जरिवाना असुल गरेको जनाएको छ।

ट्राफिक प्रहरीले हेलमेटको प्रयोग सबै सवारी चालकका लागि अनिवार्य रहेको र कानुन कार्यान्वयनमा कुनै व्यक्तिलाई विशेष छुट नदिइने जनाएको छ।

प्रतिक्रिया