२०८३, २९ जेष्ठ शुक्रबार
×

ट्रेन्डिङ

चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

0 Shares
Spread the love

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २-१ को पुनरागमन जित हात पारेको छ । मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अङ्क जोडेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । ४४ हजार ९ सय ८५ दर्शक उपस्थित खेलमा दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए ।

दोस्रो हाफको सुरुवातमै चेक गणतन्त्रले खेलमा अग्रता लिएको थियो । उसका लागि लाडिसलाभ क्रेइचीले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, चेकियाको त्यो खुसी धेरै बेर टिक्न पाएन । दक्षिण कोरियाका स्टार खेलाडी ह्वाङ ही-चानले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए । खेल बराबरीमा पुगेपछि दुवै टोलीले आक्रामक खेल पस्किएका थिए ।खेलको अन्त्यतिर दक्षिण कोरियाका ओ ह्युन-ग्युले स्लाइड गर्दै उत्कृष्ट गोल गरेपछि कोरियाले खेलमा २-१ को अग्रता लियो । ओ को यही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेलमा बाँकी समय चेकियाले बराबरी गर्ने प्रयास गरे पनि कोरियाली डिफेन्सले त्यसलाई असफल पारिदियो । यो जितसँगै समूह ‘ए’ मा दक्षिण कोरियाले सुखद सुरुआत गरेको छ ।

प्रतिक्रिया