२०८३, ३० बैशाख बुधबार
×

ट्रेन्डिङ

स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

0 Shares
Spread the love

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

स्मार्ट टेलिकम प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहन पाण्डेलाई पक्राउ गरेको हो ।

सरकारको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रुपमा एनसेललाई बिक्री गरेको अभियोगमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यसअघि सोही प्रकरणमा शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए ।

प्रतिक्रिया