२०८३, ३० बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग

0 Shares
Spread the love

काठमाडौँ– नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन सभामुखसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा ल्याउन आग्रह गरेका हुन् ।

‘संसदमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन, उहाँ आफैँले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आजपनि देखिएको छ, तरपनि आज सदनमा सम्माननीयज्युलाई हामीले देख्न सकेनौँ’, उनले भने, ‘सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सभामुख महोदयको हो, हजुर हाम्रो नायक पनि हो, तपाइँले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन, त्यसैले सभामुख महोदयमार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्युलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’

साथै, राईले संसदमा न्यायाधीशमाथि सत्तापक्षका सांसदले विषय उठाएको कदम असंवैधानिक भएको भन्दै विरोध जनाएका छन्

प्रतिक्रिया