काठमाडौं । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ लगायत अन्तरदेशीय ठगीविरुद्ध कठोर कानुनी व्यवस्था लागू गरेपछि बैंककस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै अत्यावश्यक सुरक्षा सूचना जारी गरेको छ।
नयाँ कानुनअनुसार अनलाइन ठगीमा संलग्न पाइएमा ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्मको सजाय हुनसक्ने प्रावधान लागू गरिएको छ। कम्बोडिया सरकारले गत सातादेखि यस्तो अपराध नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्दै स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य तीव्र बनाएको छ।
दूतावासले विशेष गरी
नेपालीहरूलाई तुरुन्त त्यस्ता गतिविधि बन्द गरी स्वदेश फर्किन स्पष्ट निर्देशन दिएको छ।
दूतावासका अनुसार, धेरै नेपाली नागरिकहरू उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी कम्बोडिया पुग्ने र पछि ठगी नेटवर्कमा फस्ने क्रम बढ्दो छ।
दूतावासले पर्यटकीय भिसामा गएर रोजगारी गर्नु गैरकानुनी भएको पुनः स्मरण गराउँदै
आग्रह गरेको छ।
पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको देखिन्छ।
यससँगै, अवैध गतिविधिमा फस्ने र समस्यामा पर्ने नेपालीहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको दूतावासले जनाएको छ।
दूतावासले हालसम्म अवैध स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा फसाइएका नेपालीहरूको उद्धार कार्यसमेत गरिरहेको जनाएको छ।
कम्बोडियामा रहेका नेपालीहरूको अवस्था पहिचान गर्न दूतावासले अनलाइन फाराम सार्वजनिक गरेको छ।
समस्यामा परेका नागरिकलाई
मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रलोभनमा पारेर कम्बोडिया पठाउने एजेन्ट वा व्यक्तिविरुद्ध नेपाल फर्किएपछि
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन दूतावासले आग्रह गरेको छ।