२०८३, १४ बैशाख सोमबार
×

ट्रेन्डिङ

विद्यार्थी स्थानान्तरणमा सहजीकरण गर्न शिक्षा मन्त्रालयको निर्देशन, विद्यालयहरूलाई समन्वय बढाउन आग्रह

0 Shares
Spread the love

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी स्थानान्तरण (ट्रान्सफर) प्रक्रियालाई सहज बनाउन देशभरका विद्यालयहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।

केन्द्रले हालै जारी गरेको पत्रमार्फत विभिन्न परिस्थितिका कारण विद्यालय परिवर्तन गर्न बाध्य भएका विद्यार्थीहरूलाई बिना झन्झट भर्ना र स्थानान्तरणको व्यवस्था मिलाउन विद्यालय प्रशासनलाई आग्रह गरेको हो।

निर्देशनमा विद्यालयहरूले विद्यार्थीको शैक्षिक निरन्तरता सुनिश्चित गर्न अनावश्यक कागजी प्रक्रिया र प्रशासनिक अवरोध नबढाई सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ। विशेष गरी चालु शैक्षिक सत्रमै स्थानान्तरण भएका विद्यार्थीहरूलाई नयाँ विद्यालयमा सहज रूपमा समायोजन गर्न सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।

केन्द्रले विद्यालयहरूबीच आवश्यक समन्वय कायम गरी शैक्षिक प्रमाणपत्र, अभिलेख र विवरण आदान–प्रदानमा ढिलाइ नगर्न पनि निर्देशन दिएको छ। साथै, स्थानान्तरणका कारण विद्यार्थीको अध्ययनमा असर नपर्ने गरी आवश्यक सहयोग र मार्गदर्शन उपलब्ध गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया